विद्यालयको जग्गामा अर्कैको रजाई

  सन्तोष अधिकारी

 

दाङ-के तपाई अनुमान लगाउन सक्नुहुन्छ ७९ विगाह जग्गा भएको विद्यालय कस्तो होला ? पक्कैपनि सवैले दिने जवाफ भनेको सुविधा सम्पन्न पुर्वाधार प्रयाप्त जनशक्ति र कार्यरत शिक्षक तथा कर्मचारीको उचित पारीश्रमीक । तर घोराही उप महानगरपालीका १० मा रहेको सामुदायीक विद्यालय शिद्धरत्ननाथ नमुना माध्यामिक विद्यालयको करोडौ मूल्यको जग्गा कौडिको भाउमा ठेक्कामा दिएपछि अहिले विद्यालयको अवस्था नाजुक वनेको छ ।

विद्यालयले २०६६ सालमा ४४ विगाह जमिन विभिन्न व्यक्ति तथा संस्थाहरुलाई ठेक्कामा दियो । विद्यालय र ठेक्का लिने व्यक्ति तथा संस्थाविच वार्षिक रुपमा प्रतिविगाह ४ हजार १ सय रुपैया रुपैंयाका दरले विद्यालयमा तिर्नुपर्ने संझौता भयो । तर भाडामा दिएको जग्गाको मुल्य करोडौको रहेको छ भने विद्यालय चलाउने नाममा विद्यार्थीसंग भर्ना तथा मासिक शुल्क उठाउने गरीएको छ । भाडामा लिने व्यक्तिले आफुले व्यवसाय सञ्चालन नगरी तेस्रो पक्षलाई पुनः भाडामा दिएकाछन् । दाङ घोराही ११ खैराका श्रीमनकुमार न्यौपानेले र तत्कालीन विद्यालयका प्रअ चिन्तावहादुर बुढाथोकीसंग २०६६ साल कार्तिकमा भाडामा लिएका थिए । १८ वर्ष सम्म कृषि प्रयोजनमा प्रयोग गर्ने गरी १० विगाह भाडामा लिए तर उनले आफुले व्यवसाय सञ्चालन नगरी तेस्रो पक्षलाई कुखुरा पालनका लागि भाडामा दिएका छन् । न्यौपानेले ठेक्कामा लिएको जग्गामा जुपिटर बहुउद्देश्यीय कृषि तथा पशुपन्छि फर्म सञ्चालनमा छ । कुखुरा व्यवसाय सञ्चालन गरीरहेका प्रकाश आचार्यका अनुसार करीव २ विगाह जग्गाको १० हजार रुपैया वार्षिक रुपमा न्यौपानेलाई बुझाउदै आएका छन् । त्यस्तै न्यौपानेले ठेक्कामा लीएको १० विगाह मध्येवाट मोहन देवकोटालाई पनि करीव २ विगाह भाडामा दिएकाछन् । त्यसवाट पनि उनले भाडा लिदै आएकाछन् । तर ठेक्का लिने न्यौपानेले विद्यालयले लिने भाडा नै आफुले लिएको दावि गर्छन् ।
त्यस्तै सोही स्थानमा रहेको विद्यालयको अरु जग्गापनि भाडामा दिईएको छ । तत्कालीन घोराही नगरपालीका ११ हाल १५ वस्ने अर्जुन केसीले पनि १० विगाह जग्गा भाडामा लिएकाछन् । त्यस्तै उद्यमशिल कृषि बहुउद्देश्यीय सहकारी संस्था लीमिटेडले पनि २०६८ साउन १ गतेदेखी लागुहुनेगरी विद्यालयको १० विगाह जग्गा भाडामा लीएको छ । कृषि प्रयोजनकालागि प्रयोग गर्ने गरी प्रति विगाह ४ हजार एक सय ५० रुपैया तथा प्रत्येक ३ वर्षमा १० प्रतिशत बढाउने सम्झौता पत्रमा उल्लेख छ । उद्यमशिल सहकारीले प्रयोग गर्नको लागि संरचना समेत तयार ग¥यो, वोरीङ खन्यो तर सफल नभएपछि अहिले काम बन्दगरी सरक्षण मात्र गरीरहेको संस्थाका प्रवन्ध निर्देशक दिलिप खनालले बताए । प्रयोगमा नआएपनि हामिले सहमति गरेको कुरा पुरा गर्छौ उद्यमशिल कृषि बहुउद्देश्यि सहकारी संस्थाका प्रवन्ध निर्देशक दिलिप खनालले बताए ।
संझौता पत्रमा उल्लेख भए अनुसार दोस्रो पक्षले विगत २ वर्षदेखी विद्यालयमा वुझाउनुपर्ने रकम बुझाएका छैनन् । रकम वुझाउनकालागि ताकेता गरेको विद्यालयले जनाएपनि भाडा लिएकाहरुले ताकेता नगरेको बताउछन् । विद्यालयको नाममा रहेको ४४ विगाह जग्गा कौडीको भाउमा ठेक्कामा दिएको विद्यालयले अहिले विद्यालय सञ्चालनका लागि अभिभावक संग रकम अशुलिरहेको छ ।
आफुसंग भएको संम्पतिको सहि सदुपयोग गर्न नसक्ने विद्यालयले अभिभावकको ढाड सेकीरहेको सरोकारवालाहरु बताउछन् । निजि स्रोतमा १५ जना शिक्षक तथा कर्मचारी रहेको विद्यालयका प्रधानाध्यापक टोपवहादुर केसी बताउछन् । १५ जना कर्मचारीलाई मासीक २ लाख खर्चहुन्छ भने जग्गा भाडावाट वार्षिक रुपमा २ लाख १६ हजार रुपैया मात्रै आम्दानीहुने गरेको प्रअको वार्षिक प्रतिवेदनमा उल्लेख गरीएको छ । विद्यालयको जग्गालाई उचित मुल्यमा भाडामा दिने हो भने विद्यालय सुविधा सम्पन्न हुनेमा दुईमत नै छैन । तर विद्यालय भने भाडा कम भएपनि जग्गाको संरक्षण भएको मान्दै खुशि भएको छ ।
अहिले विद्यालयको नाममा ७९ विगाह ५ कठ्ठा ९ धुर जमिन रहेको विद्यालयका प्रधानाध्यापक टोपवहादुर केसी बताउछन् । विद्यालयले दोस्रो पक्षलाई भाडामा दिएकोले तेस्रो पक्षलाई भाडामा दिन नमिल्ने केसीले बताए । तर पनि संझौता पत्रमा उल्लेख नगर्दा विद्यालय निरिह वन्नुको विकल्प छैन । विद्यालयले भाडामा दिएको समयसिमा विसं २०८४ सम्म रहेकोले विद्यालयले सोही अनुसारको रकम पाउने निश्चित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार