नेपालको राजनीति अझै बाहिय प्रभाबमा चलीरहेको छ : निर्मल महरा

नेकपा माअाेवादी केन्द्रका युवा नेता निर्मल महरा एटम १४ वर्षकाे उमेरमा राजनीतिमा हाेमिय । उनले राम्राेसँग अाैपचारिक शिक्षा समेत हासिल गर्न सकेनन् । अहिले उनी राजनीतिका साथै कृर्षि व्यबसायमा सम्लग्न छन् । उनी राजनीति गर्ने मान्छेले अाफ्नाे अात्मनिर्भरताकाे बाटाे खाेज्नु पर्ने बताउँछन् । यसै विषयमा महरासँगको कुराकानि यहाँ प्रस्तुत गरिएकाे छ ।

राजनीति कहिले देखी सुरु गर्नुभयो ?

१२ बर्षको बाल्यकाल देखी नै मेरो राजनीतिक यात्रा सुरु भयो । १४ बर्ष २०५३ साल देखि त म पार्टीको पुर्णकालिन कार्यकर्ता भएर लागे । रोल्पा लिवाङको बाल कल्याण उच्च माध्यमिक बिधालयमा कक्षा ६ अध्यन गर्दानै म स्कुल इकाई समितीमा आवद्ध थिए । नेताको छोरो भएपछि सक्रिय भएर लाग्नु पर्यो भन्थे बिद्यार्थी अगुवा नेताहरु । राजनिति के हो ? के का लागी भन्ने थाहै थिएन । परिवर्तनका, जनयुद्धका,वर्गसंघर्ष र पेरुका गित बज्थे, नेताहरू भाषण गर्थे । म कम्युनिस्टको भावनात्मक पक्षसंग अलिबढी प्रभावित भएर राजनीतिमा लागे । जनयुद्ध शुरु भएपछि भुमिगत बुवाले रोल्पा घरको बारीमा रातको १२ बजे आमा सहित हामी सबैलाई चम्किलो रातो ताराको बारेमा पढाउनु भयो । त्यसले कम्युनिस्ट राजनीतिमा लाग्न झनै प्रेरणा मिल्यो ।

किन त्यति सानै उमेरमा राजनीतिमा होमिनु भयो नि ?

संयोग नै त्यस्तै बन्न पुग्यो । जनयुद्ध सुरु भयो,राज्यले दमनको अभियान तीब्र पार्यो, रोल्पा दमनको मुख्य निशानामा पर्यो बुवासंग सम्पर्क बिच्छेद भयो ।

चारैतिर मान्छे मर्ने र मारिने क्रम तीब्र भयो । घरमा पुलिसको आतंक र दमन बढन थाल्यो, पढ्ने, हुर्कीने र रमाउने बाल्यकाल लुक्ने, भाग्न्ने र त्रासमा बस्नु पर्ने परिस्थिति सिर्जना हुन पुग्यो भने पुरानो समाज पुरानो शिक्षाको विकल्पमा नयाँ व्यवस्था निर्माणमा सबै जुट्नुपर्छ भन्ने स्कुलिङ पनि स्कुल कमिटीमा पाइएकै थियो ।

दमनका विरुद्ध प्रतिरोध गर्नुपर्छ भन्ने चेतना पनि आउदै थियोे । माओवादी बन्नु , गुरिल्ला तालिम लिनु र पुरानो ब्यबस्था अन्त्य गरि गरिब सर्वहारा बर्गको सत्ता स्थापना गर्नु पर्छ भन्ने भावना पनि बस्यो अन्तत सबै त्यागेर राजनितिमै होमियौं।

परिवारका सदस्य हरुको बिचमा कत्तीको भेट हुन्थ्यो ?

भेटघाटको चान्स नै थिएन । जनयुद्धको हरेक मोर्चामा हाम्रो आ-आफ्नो जिम्मेवारी थियो । म र भाइ राहुल जनमुक्ति सेनामा थियौं । दिदि जलजला सास्क्तृटिक परिवार रोल्पा , बहिनी रक्तबिज सास्कृतिक परिवार दाङ, आमा रोल्पाको कपडा बुन्ने घरेलु उधोगमा हुनुहुन्थ्यो, बुवा केन्द्रिय समितीको पोलिटब्युरो सद्स्य हुनुहुन्थ्यो । युद्ध सुरु भएपछि हामी सबैको संयुक्त भेट २०५८ को सरकार माओवादी वार्ताकालमै भयो ।

युद्धकालमा धेरै घट्नाहरु भए होलान । ति मध्य केहि अविस्मरणीय छन ?

युद्धका हरेक घट्नाहरु आफैमा अविस्मरणीय नै हुने भैइहाले । अहिले पनि फिल्मका रिल झै आखा वरिपरि घुमिरहन्छन । त्यसमा पनि ०५९ पौष महिना १९ गते राती रोल्पाको सदरमुकाम लिवाङमा एम्बुस बिछ्याउदै गर्दा आन्तरिक दुर्घटना परी साथी गुमाउदा अहिले पनि मुटु भक्कानिन्छ । तत्कालीन शाही सेनाबाट विद्रोह गरि जनसेनामा सामेल भएको मेरो प्रिय साथी रमेश थापालाइ गुमाउनु पर्यो । अर्को त्यस्तै ०६०/६१ को म्याग्दीको बेनि र रुकुमको खाराको भीषण सैन्य हमलामा अहिलेका उपरास्ट्रपति हाम्रो सैन्य कमाण्डर हुनुहुन्थ्यो, उहाँले नेतृत्व गर्नु भएको थियोे । म लगएत थुप्रै साथिहरु उहाँको सुरुक्षामा थियौं । उहाले प्रयोग गर्ने सेटेलाइट फोन, हाम्रां संचार सामाग्रीको संकेत लिग भएर हुनसक्छ उहाँ -हाम्रो वरिपरि परि नै भीषण गोलाबारी भयो । प्रयोग गरिएका बंकर नै उम्कने गरि हेलिकप्टरले बम हान्दा मन चिसो भएको थियो । फिल्डको नेतृत्व गर्ने फिल्डमार्सल दुश्मनले ढालिदियो भने के होला भनेर हामी अत्यन्तै चिन्तित भएका थियौं ।

सानैमा राजनिती शुरु् गर्नु भएछ तपाइको औपचारिक पढाई कुन तह सम्म हो ?

मैले अगाडी पनि भने सानै उमेरमा जनयुद्धमा हाम फाल्न्नु पर्यो । ८ कक्षा पढ्ढै गर्दा छोडेर देशका लागी बन्दुक बोकियो, १० बर्षको युद्धमा मालेमाबादी बिज्ञान,दर्शन र राजनिती नै अध्यनको रुपमा रह्यो । शान्ति प्रकृया शुरु भए पछि हाम्रो बसाई क्यान्टोनमेन्टमा भयो त्यही मैले एस.एल.सि गरे ,आइए गरे मैले गरेको औपचारिक पढाइको तह त्यति सम्म मात्र हो ।

तपाइँ युद्धको समयमा कुन कुन मोर्चामा खट्नु भयो ?

युद्धमा घटेका साना मझौला घट्नाक्रम त थुप्रै रहे , सबै सम्झेर साध्यनै छैन । छोटो समय मात्र म पार्टीको सांगठनिक क्रियाकलापमा भाग लिने मौका पाएँ बाँकी सबै फौजी क्षेत्रमै वित्यो । सामान्य सेबोटेजका कार्वाही बाहेक मेरो शुरुवाती मोर्चा रुकुम जिल्लाको रुकुमकोट प्रहरी चौकी बाट भयो, ०५७ जस्तो लाग्छ । त्यसपछि हामीले होलेरी प्रहरी चौकी आक्रमण गर्यौ प्रहरी संगको लडाइमा होलेरी मोर्चा नयाँ मोडेलको थियो जहाँ दिउसै लडाइ भएको थियो । त्यस घटनामा एक जनाको मृत्यु भयो बाँकी सबैलाई युद्धबन्दी बनाइयो ।

लगत्तै जाने क्रममा नुवागाउमा सेना संग पहिलो पटक जम्काभेट भयो दोहोरो गोलि हानाहान भयो । त्यस पछि २ महिना बार्ताको लागी राजनैतिक परिस्थिति मोडियो तर वार्ता सफल भएन अन्ततः सेना संगै युद्ध शुरु भयो । ०५८ मसिर ८ गत्ते  घोराहीको ब्यारेक आक्रमण भयो सेना संगको औपचारिक मोर्चा पनि मेरो त्यहीबाट शुरु भयो । घोराही पछि म सहभागी भएको मोर्चा भनेको अछामको मंगलसेन, लमही सतबरिया दाङ, लिस्न्ने गाम रोल्पा, खारा रुकुम, सन्धीखर्क अर्घाखाँची, जुम्ला खलंगा, म्याग्दी बेनि, खारा रुकुम दोस्रो, यिनै हुन मुख्य मोर्चा म सहभागी भएको ।

तपाइँ अहिले राजनीतिका साथसाथै कृषि व्यवसायमा पनि हुनुहुन्छ , खासमा कृषि तर्फ नै तपाइँको रुचि किन ?

राजनीतिज्ञ वा जोसुकैले पनि पेशा गर्ने पर्छ नत्र बच्ने कसरी ? त्यसमा पनि महँगो बन्दै गएको राजनीतिको लागी त पेशा  व्यावसाय अनिवार्य हो जस्तो लाग्छ । जहाँ सम्म कृषि पेशामा रुचिको कुरा गर्नु भयो , रुचि र पैसा कमाउनकै लागी अन्य क्षेत्र पनि छन तर मेरो नीरन्तर ध्यान र रुची कृषिमा जानु कारण के पनि हो भने हामीले लामो समय देखी नेपाललाइ कृषि प्रधान देश भनीरहेका छौ , जनतालाइ कृषि क्षेत्रमा आधुनिकिकण गर्ने रटान लगाइ रहेका छौ । हाम्रा दिन रातका भाषण जनता का जिवन स्तर सुधार गर्छौ , कृषि क्रान्ति गर्छौ भन्ने छ । यो अवस्थामा कृषिबाट गर्न सकिने प्रगति आफुले हात नहाली हुने कुरा थिएन अहिले म बाट अरु थुप्रै युवाहरुले प्रेरणा लिएर सिकेर काम पनि गर्नु भएको छ । मैले केहि दिन नसकेपनि जनतालाइ, काम गर्न इच्छुक युवा साथिहरुलाइ प्रेरणा दिइरहेको छु । अनुभव साटीरहेको छु त्यो पनि ठुलो कुरो हो जस्तो लाग्छ ।

साच्चिकै सरकारले ध्यान दिने संरक्षण दिने हो भने नेपालले कृषि क्षेत्रमामा प्रगति गर्छ । अस्ति भर्खर मैले इजराइलमा गएर थुप्रै नेपाली युवा साथीहरुलाइ भेट गरें कामको अनुभव हेरे बर्षभरी हाम्रो शक्ति आउने जाने गरेको छ । त्यो शक्तिलाइ राज्यले उचित व्यावस्थापन गरोस् उनीहरुको उत्पादन, प्याकेजिङ र मार्केटिङ गर्ने क्षमता अन्तराष्ट्रिय लेवलको वनिसकेको छ जुन कुरो मुलुकको लागी गहना साबित हुन्छ, त्यस्तै अन्य देशमा छरीएर रहनु हुने सबै नेपाली दाजुभाइ दिदिबहिनी हरु संग मुलुकका लागी प्रभावकारी सिप क्षमता तयार भएर बसेको छ त्यसलाइ प्रयोग गर्न राज्यले किन ढिला गर्ने ? म त के भन्छु भने राज्यले संरक्षण मात्र दिनुपर्यो हामीले उत्पादन गरेका बस्तुहरु चिन र भारतका नाका हुँदै अन्तराष्ट्रिय बजार सम्म जाने वातावरण मिलाइदिनु पर्यो , ऋण गरेर आफ्नै पाखुरा बजारेर नेपाललाइ कृषिमा समुन्नत हामी बनाउछौ सरकारको एक पैसा हामीलाइ चाहिदैन ।

धेरै नेताका छोराछोरी पढ्न बिदेश गएका छन , यहाँ रहेकाहरु पनि तुलनात्मक रुपमा धेरै कमाइ हुने व्यबसायमा छन , तपाईं पनि अन्य धेरै ब्यबसाय हुने क्षेत्रमा किन लाग्नु भएन ?

बिदेश पढ्न मौका पाउने नेतागणका छोराछोरीलाइ मेरो शुभकामना छ , उच्च शिक्षा हासिल गरि देश निर्माणकै लागी जुट्नु हुन्छ भन्ने हामीलेले आशा गरौ । किनभने हामीले मुलुक बनाउनु छ विकसित रास्ट्रहरु भन्दा हामी बिकासको दृष्टिकोणले निकै पछाडी छौ मलाई आशा छ नेतृत्व तहबाट बिदेश अध्यनको मौका मिल्ने साथीहरुले हाम्रो मुलुकलाइ त्यस्तै बनाउने कर्ममा हामीले हातेमालो गर्ने छौ । कुन ब्यबसाय कसले कसरी संचालन गर्ने भन्ने कुरो आफ्नो सोचमा भर पर्ने कुरो हो । आबश्यकता अनुसार मैले पनि अरु पेशा व्यावसायको बिकास गर्दै जाउला , आफ्नो आर्थिक हैसियतमा पनि त्यो भर पर्छ मरो हैसियत जति हो त्यतिबाट शुरु गरे । अरुको हैसियत जस्तो छ त्यस्तै गर्नु भएको होला साथीहरुले ।

नेताका छोराछोरिहरु नियुक्ति र अबिभाबकको सचिवालयमा छन । तपाईं किन बुवा सभामुख हुदा पनि सचिवालयमा बस्नु भएन ?

आवस्यक्तामा मैले बुवालाइ गर्ने सहयोग गरेकै छु ।नियुक्ति नै लिनु पर्छ भन्ने छैन । राजनैतिक रूपमा म आफ्नै कार्यक्षेत्रमा स्थापित छु , राजनीतिमा मेरो आफ्नै सान छ बाउको राजनीतिक स्पृट पकड्ने कुरा राम्रो हो तर बाउ संगै सचिवालयमा बस्न जरुरी ठान्दिन म आफ्नो आइडीन्टिटि आफै बनाउनु पर्छ भन्ने सोच छ मेरो ।हामिले सचीवालमा बसेर काम गर्ने हैन सचिवालयका काम कार्वाहीको खबरदारी र राजनैतिक नेतृत्व लिने हो

आम मान्छेहरुमा नेता र नेताका परिवारलाइ हेर्ने दृष्टिकोण त्यती राम्रो देखीदैन किन त्यस्तो भएको होला ?

नेपालको राजनीतिमा धेरै नेताहरूको जनपक्षिय सम्बन्ध प्रगाढ हुन सकेन । नेता हुनु जनताको सेबक हुनु भन्दा शासक र शाहु महाजन भए जस्तो मनोबिज्ञान जनता र नेतामा लामो समयदेखी रहेको छ । राम्रा नेताहरु को हुन असली रुपमा जनताले पनि बुज्न पाएका छैन्नन । ढोगी, नक्कली र मिडियावाल मात्र राम्रा जस्ता देखीएका छन वास्तबिकता त्यो होइन । मेरो अनुभबमा नेपालको राजनीति अझै बाहिय प्रभाबमा चलीरहेको छ । कसलाइ राम्रो देखाउने कसलाई बदनामीत गर्ने खेल अहिले पनि बाहिय प्रभावमा चलेको पाउछु त्यसैले हामी, नेता र देश जबसम्म पुर्ण स्वतन्त्र हुने अबस्था सम्म हामी पुग्दैनौ तब सम्म यो पिडा खेपीरहन्छौ, फेरी पनि मुख्य कुरा आन्तरिक हो बिगतकालमा नेताहरूले गरेका बिश्वासघात, भ्रष्टाचार, राजनीतिमा गरिएका कयौ बेइमानी कदमले जनतामा निराशा उत्पन्न हुनु स्वभाबिक हो । हामीले त्यो निराशा हटाउन सक्नु पर्छ ।

अन्त्यमा केही भन्नू छ कि ?

आम पाठक मेरा प्रेरणाका श्रोत हुनुहुन्छ । यो लामो युवाकाल देशकै लागी समर्पित गरे अब पनि मेरो अर्को सोच र बिकल्प हुने कुरा भएन । तपाईं सबै युवा साथीहरु, बौद्धिक जगत, मिडिया र जनता सबैको माया सहयोग उचित सल्लाह सुझाव, आलोचनाले नै म अगाडी बढने हो, राजनीतिमा म अगाडी बढ्ने भनेको देशका लागी हो , जनताका लागी हो यसमा यहाँहरुको साथ जरुर रहने छ ।

साभार राइडल नेपाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार