कोइलावास बजारले पुर्नजीवन पाउने अपेक्षा :लमही–कोइलावास हुलाकी सडकको कालोपत्रे शुरु

साविक राप्तीको अर्थतन्त्रमा परिवर्तन आउने

  भुपेन्द्रप्रकाश वली

दाङ -लमही कोइलाबास हुलाकी मार्ग कालोपत्रेका लागि अन्तिम तयारी पूरा भएको छ । असार पहिलो साताबाट कालोपत्रेको काम शुरु हुने निर्माण कम्पनीले जानकारी दिएको छ । गढवा बहुमुखी क्याम्पसदे खि कक्रहवासम्मको  ६ किलो मिटर सडक असारभित्र कालो पत्रे  गर्ने  यो जना रहे को  सडक निर्माण कम्पनी कालिका–कुमार जे भीका इञ्जिनियर विजय भट्टराईले  जानकारी दिए ।

‘लमही–को इलावास सडक कालो पत्रे का लागि काम गर्न थाले को  एक वर्ष भएको  छ । २०७४ असार ६ बाट सर्वे को  काम शुरु गरे र अघि बढे का थियौं’ उनले भने ‘कालोपत्रेका लागि अन्तिम तयारी पुरा भएको छ । ’

अहिले  अन्तिम चरणको  ग्रावे लको  काम चलिरहे को  साइड इञ्जिनियर राजे न्द्र श्रे ष्ठले जानकारी दिए  । हाल अलकत्रा पकाउने  मे सिन जडान गरिएको  छ । यही मे सिनले  अलकत्रा पकाएर सडकमा कालोपत्रे  गरिने  छ । मेसिनको  परीक्षणसमे त गरिएको  छ । जमुनीवासमा प्लान्ट राखिएको  छ ।

चालु वर्षमा ६ किलोमिटर कालोपत्रे
लमही कोइलाबास सडकखण्डको कुल ३३ किलो मिटर सडकबाट चालु आर्थिक वर्षभित्र ६ किलोमिटर सडक कालोपत्रे  गरिनेछ ।

पिचको  चौ डाइ सात मिटर हुने रसडकले  दायाँ १५ र बायाँ १५ मिटर क्षे त्र ओ गट्ने  साइड इञ्जिनियर राजेन्द्र श्रेष्ठले जानकारी दिए । लमही बजार क्षेत्र छाडे र को लहीबाट २३ किलो मिटर क्षे त्रमा सडकको  काम भइरहे को  छ । बाँकी १० किलो मिटर क्षे त्र अझै काम शुरु हुन सकेको छैन । साढे  १८ किलो मिटर क्षेत्रमा ग्रावेल गरिएको  छ । लमही–को इलावास सडक ग्रावेल गर्न चाहिने  कच्चापदार्थ राप्ती नदीको  विपत व्यवस् थापन शीर्षकबाट संकलन गरिएको  निर्माण कम्पनीले जानकारी दिएको छ  ।

यस वर्षको कालोपत्रेका लागि आवश्यक कच्चा पदार्थ संकलन भइसकेको इञ्जिनियर भटराईले जानकाी दिए । ‘यो  वर्षलाई चाहिने  कच्चापदार्थ संकलन गरिकेको छौं ।’ इञ्जिनियर भट्टराईले  भने ‘मौ समले  साथ दियो  भने  धमाधम काम हुन्छ । लमही–को इलावास सडक

दाङ र आसपासका लागि बहुप्रतिक्षित सड्क
लमही कोइलाबास सडकखण्डको स्तरोन्नती दाङ र आसपासका जिल्लाका लागि बहुप्रतिक्षित योजनाका रुपमा रहेको छ  । यो सडकको स्तरोन्नती सँगै हाल सुनसान रहेको नेपाल भारत नाका कोइलाबास सुचारु हुने र त्यसले यहाँको अर्थतन्त्र सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

‘ यो सडक खण्ड नियमित सञ्चालनमा आएमा दाङ र आसपासका जिल्लाको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ । ’ दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले भने ‘ यहाँका व्यवसायी , कृषक सबैका लागि बहुप्रतिक्षित योजनाका रुपमा लमही कोइलाबास सडकखण्ड रहेको छ । ’

भारत सरकारको  लगानीमा ने पाल सरकारले  ६९ करोडको लागतमा सडक स्तरोन्नतीको काम गरिरहे को  हो  । भारतीय एनएचआइडिसिएल कन्सल्टे न्टले  सडक निर्माणमा प्रत्यक्ष निगरानी गरिरहे को  छ । निर्माणको  काम २०७६ मंसिरमा सम्पन्न गर्ने  लक्ष्य छ ।

मुआब्जा वितरण छिटै
लमही–को इलावास सडक क्षे त्रमा मुआब्जा वितरण पनि चाँडै शुरु हुने भएको छ । सडकखण्डमा पर्ने सात सय ९९ कित्ताका जग्गाधनीलाई मुआब्जा वितरण गर्न ३५ करो ड रुपैया थप बजे ट प्राप्त भएको  हुलाकी सडक आयो जना, योजना कार्यालय नेपालगञ्जले  जनाएको  छ ।

यो  रकम के ही समयमा वितरण गरिने  छ । जिला प्रशासन कार्यालसँग समन्वय गरे र मुआब्जा वितरणको  काम अघि बढ्ने  कार्यालयले  जनाएको  छ । मुआब्जा वितरण सँगै सडक स्तरोन्नतीको कामले गति लिने अपेक्षा गरिएको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार