सार्वजनिक स्थालमा कुटपिट गर्नेलाई ६ महिना जेल

दाङ– अमनवीय तरिकाले एक महिलालाई कपडा च्यात्दिएर सार्वजनिक स्थानमा कुटपिट गर्ने लाई स्थानीय प्रशासनले ६ महिना कैद र २५ हजार जरिवाना तोकेको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले गुप्ताद्वयलाई ६ महिना कैद, जनही २५\२५ हजार जरिवाना र ७ हजार ८ सय २० रुपैयाँ उपचार खर्च भराउने फैसला गरेको स्थानीय प्रशासनले जानकारी दिएको छ।

अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका– वडा नं. ९ ठाडोखोला निवासी ३९ वर्षीया दिलमाया पुनलाई दाङको राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ निवासी ३५ वर्षीया रेखा गुप्ता र २९ वर्षीया अनिता गुप्ताले निर्घात कुटपिट गरेका थिए ।

जेठ २५ गते दिउँसो दिलमाया पुन भालुवाङस्थित आफ्नो जग्गा हेर्न आएको समयमा बलजफती घडेरी बेच्न भन्दै गुप्ताका जेठानी दिदी बहिनीले कुटपिट गरेका थिए।आफ्नो जग्गा बेच्दिन भन्दा पनि उनले यसरी कुटाइ खानु परेको थियो ।

घटना भएकै दिन प्रहरीले सामान्य झगडा भन्दै मिलापत्र गराई दिएर छोडेको भए पनि एउटा महिलामाथि दुई जना महिलाले ‘निवस्त्र’ पार्दै अमानवीय ढंगले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मात्रै प्रहरीले जेठ २७ गते पिडक गुप्ताद्वयलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार