जघन्य अपराधका घटना हुन नदिन सरकारले कानुनी, नीतिगत र संरचना गत प्रयास : गृहमन्त्री बादल

  शेैतिम सम्बाददाता ✍️

काठमाडौ  : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मानव बेचविखन तथा ओसारपसार जस्ता जघन्य अपराधका घटना हुन नदिन सरकारले कानुनी, नीतिगत र संरचना गत प्रयास गरिरहेको बताएका छन् ।मानव बेचविखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवसका अवसरमा उनले मानव बेचविखन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका लागि सरकारले गम्भिरतापूर्वक काम गरिरहेको बताए ।

नेपालको संविधानले सबै प्रकारका शोषणविरुद्धको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेर, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि कानुन निर्माण गरेर, महिला हिंसाविरुद्ध हुने सबै प्रकारका अपराध नियन्त्रणका लागि प्रहरी लगायतका राज्यका सबै निकायलाई परिचालन गरेर मानव बेचविखन तथा ओसार पसार हुन नदिने काम गरिरहेको गृहमन्त्री थापाको भनाइ छ ।  कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मानव बेचविखन तथा ओसारपसार विश्वमै बढ्दै गएको समस्या भएकाले यसलाई नियन्त्रण गर्न सशक्त र प्रभावकारी कदम चाल्न सरकार प्रतिवद्ध रहेको बताइन् ।

गरिबी र अशिक्षाका कारण पनि मानव बेचविखनको समस्या बढ्दै गएको उल्लेख गर्दै ती समस्या समाधानका लागि पनि सरोकारवाला सबैको साथ र सहयोग आवश्यक्त पर्ने मन्त्री थापाको जोड थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार