खेन रिम्पोछेको बाहुलीबाट गुम्बा शिलान्यास

खेन रिम्पोछेको बाहुलीबाट गुम्बा शिलान्यास

२२ माघ, काभ्रे । भुम्लु गाउँपापालिका वडा नं ३ बेख्सिम्ले, आरुबोट काभ्रेमा उर्गेन डोदुललिङ गुम्बाको शिलान्यास गरिएको छ । माघ १९ जग खन्ने कार्य सम्पन्न भई बुधबार खेन रिम्पोछे गेशे निमा तामाङको बाहुलीबाट गुम्बाको शिलान्यास भएको हो ।
स्थानीय गुम्बा उपभोक्ताहरुको बाक्लो उपस्थिति रहेको शिलान्यास कार्यक्रममा स्थानीय लामा गुरूहरुबाट विभिन्न मोन्लम पाठ भएको थियो । उक्त शुभ अवसरमा रिम्पोछेबाट आयुअभिषेक (छेवाङ०) समेत प्रदान गरिएको थियो ।आगामी पाँच वर्षभित्र गुम्बाको निर्माण कार्य सम्पन्न गर्ने गुम्बा उपभोक्ता समितिको लक्ष्य रहेको बताउँदै समितिकी कोषाध्यक्ष फूलमाया योञ्जनले गुम्बा निर्माण गर्नको लागि अनुमानित १ करोड रुपैँया लाग्ने जानकारी दिइन् ।

उपभोक्ता समितिका अध्यक्ष चन्द्र लामाले बताउँछन्  “हाल ८ लाख बयासी हजार रुपैँया गाउँपालिको बजेट र १ लाख ५४ हजार ६ सय एक्काइस रुपैया जनश्रमदान र ८ लाख बयासी हजार रुपैँयामा गुम्बा निर्माण कार्य शुरु हुनेछ ।” त्यसैगरी भुम्लु गाउँपापालिका वडा नं ३ बेख्सिम्ले वडाध्यक्ष ज्ञान बहादुर तामाङले गुम्बा आफ्नो कार्यकालमै निर्माण सम्पन्न गराउन हरसम्भव प्रयास गर्ने बताए । तामाङ भन्छन् – “वडामा आउने कुल बजेको पच्चीस प्रतिशत बजेट उर्गेन डोदुललिङ गुम्बा निर्माणको लागि छुट्याइनेछ ।” सोही अवसरमा बोल्नुहुँदै खेन रिम्पोछे गेशे तामाङले गुम्बा निर्माणमा स्थानीय उपभोक्ताको उलेख्य सहयोग र सहभागिता रहनुपर्नेमा जोड दिनुभयो । वहाँ थप्नुहरन्छ  “यसमा स्थानीय सरकारको दरविलो साथ र सहयोग आवश्यक छ ।”

कार्यक्रममा समाजससेवी सोनाम मोक्तान, बुद्ध दर्शनमासिक का सहसम्पादक डि. सी. योञ्जन तामाङ, राजनीतिकर्मी तथा समाजसेवी आशा लामा, सोनामनोर्बु तामाङ, कर्साङ योञ्जन लगायतका व्यक्तित्वहरुको उपस्थित थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार