तामाङ समुदायका दर्शकले प्रतीक्षा गरेको चलचित्र टुहुरोला ल्हुइ युट्युबमा सार्वजनिक

काठमाडौं : रोशी फिल्मको ब्यानरमा बिनय दोङ तामाङद्वारा निर्देशित यो सातौ चलचित्र हो । टुहुरोला ल्हुइ भुकम्पले आमा गुमाएका एक अबोध बालकको कथा हो आफ्नो आफन्त सबै गुमाएका एक बालक कसरी आफ्नो गाउँबाट बिस्थापित हुन्छ त भन्ने कथामा आधारित चलचित्र हो ।

जोगलाल लामाको संगीतमा आसुसेन लामा , शशीकला मोक्तान , जगत घिसिङ र जोगलाल लामाको सुमधुर स्वर रहेको चलचित्रमा रोशनी ब्लोन, बुद्ध थिङ, सजिता दोङ , राजु झकास, रोशन स्याङ्तान , शङ्ख लाल जुङे, तिर्थ वाइबा लगाएतका कलाकारले अभिनय गरेको छ । एकचोटी सबैले हेर्नुपर्ने चलचित्र बनेको निर्माण टिमको दाबी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार