रसुवा धुन्चेमा ल्होछार विशेष बृहत संस्कृतिक कार्यक्रम हुदै

  शेैतिम सम्बाददाता

दावा तितुङ तामाङ रसुवा : रसुवा धुन्चेमा पर्यटन बर्ष 2020 लाई सफल पार्न चलचित्र नायक दावा फिन्जो तामाङ नेतृत्व अर्थात अध्यक्ष रहेको राष्ट्रिय संगीत कर्मी संघ रसुवा र शिशिर थोकर तामाङ अध्यक्ष रहेकोे कलाकार समाज रसुवाको संयुक्त आयोजनामा हुन गइरहेको ल्होछार विशेष सस्कृतीक कार्यक्रम २०७६ फागुन १० गतेका दिन प्रमुख अतिथि माननीय प्रतिनिधि सभा सदस्य तथा सङ्गिय संसद मोहन आचर्य ज्यु को विशेष अतिथिमा बागमती प्रदेश सदस्य माननीय प्रभात लामा, प्रेम तामाङ, शान्ति थिङ,गोसाइँकुण्ड गाउँ पालिका प्रमुख कैसाङ्ग नुर्पु तामाङ र अतिथिमा रसुवा जिल्लाका ५ गाउँ पालिकाकै प्रमुखहरु  उत्तर गय गा.पा प्रमुख उपेन्द्र लाम्साल,नौ कुन्डा गा. पा प्रमुख नुर्बु ग्यम्जो तामाङ, आमा छे दिङ्मो गा .पा प्रमुख बुच्युङ्ग तामाङ , आमा छे दिङ्मो गाउँ पालिका वडा ४ गोल्जुङ्ग का अध्यक्ष टासी ग्याल्जेन घले र नेपाली काङ्ग्रेसका सभा पति पेम्बा छिरिङ तामाङ ज्यु, नेकपा अध्यक्ष कारञ्यल तामाङ,नेकपा पूर्वीय साम्सद छेवाङ तेजिङ्ग तामाङ, प्रदेश नम्बर ३ सदस्य नेकपाका लोकप्रिय नेता तेम्प्रेल तामाङ,नेपाली काङ्ग्रेसका पूर्वीय सभापति लामा कार्पो तामाङ,नेपाली काङ्ग्रेसका लोकप्रिय नेता जनक जिवन उपाधय,नेपाली काङ्ग्रेसका बरिस्ठ सचीव सुक्र बहादुर थिङ ,नेपाल चीन केरुङ्ग ब्यापार संघका अध्यक्ष मान बहादुर तामाङ,मिनि गोसाइँकुण्ड सुमो अध्यक्ष टेम्बा नुर्बु तामाङ गोसाइँकुण्ड गाउँ पस्लिका उप प्रमुख कर्मु श्रेष्ठ र गोसाइँकुण्ड गाउँ पस्लिका वडा अध्यक्ष दावा सिदर तामाङ समेतको अतिथिमा यो कार्यक्रम हुन गइरहेको छ। कार्यक्रमको विशेष आकर्ष कलाकार हरु बरिस्ठ हास्य कलाकार उतम केसि,मेन्दो माया गायक सुमन घले, लोक दोहोरी गायक रिया घले, मेन्दो माया शिशिर थोकर तामाङ, नायिका श्याम माया गुरुङ, नायिका रुपा एस घले,गायिका प्रेमा तामाङ, गायक रोमन तामाङ, गायिका एसथर थोकर तामाङ, कलाकार लोकेन्द्र तामाङ, हास्य कलाकार दिनेश तामाङ, कलाकार आसमान वाइबा तामाङ, मेन्दो माया गायक आरम्बा तामाङ जोम्बा कन्छ तामाङ आशिक गोम्बो तामाङ डोल्मा मनाङ्ग्थेन दिल कुमारी तामाङ गायक पारङ्वा तामाङ,मेन डोल्मा तामाङको बेजोड प्रस्तुती र इस्वार घलेको नेतृत्वमा shaxyam of the vand लाइभ हुन्छ भने यस् कार्यक्रमको मुख्य उदेश्य रसुवाको पर्यटन इस्थलहरु जस्तै गत्लाङ गाउमा रहेको पार्वती कुण्ड, गोसाइँकुण्ड, लाङटाङ हिमाल सान्जेन हिमाल, चिलिमे जलविद्युत, नेपाल र तिब्बत बिच सम्झौता भएको रसुवा गडि,गोल्जुङ्ग बेसिका नेवा दरबार,गोल्जुङ्ग गाउँमै रहेको बोङ्ग जो घले दरबार,ग्रे गाउँका मम्बा दरबार, यस्ता यस्तै अन्य थुप्रै झिर्न अवस्थामा रहेको विभिन्न स्थलहरु देश तथा बिदेश सम्म परिचय गरौनुका साथै रसुवा जिल्लाभरका कलाकार एक बनाउने हो भने रसुवामा भएको कला धर्म र भेष भुषालाई संरक्षण गर्नु हो, सङ्ग सङ्गै राष्ट्रिय स्तरको ख्याती प्राप्त कलाकारहरु सङ्ग स्थानीय कलाकारहरु समायोजन गरौँ भन्ने यस् कार्यक्रमको सम्योजक तथा परिचय गराउनु पनि हो र नायक दावा फिन्जो तामाङ भनाइनुसार हामी कलाकार भनेको देशको साझा सम्पत्ति गहना हो हामीलाई कुनै पनि राजनीतिज्ञाहरुले फलानो पार्टीको कलाकार डिसानोको पार्टीको कलाकार हो भनी पार्टीगत धकेल्नु बेकारको कुरा हो भनेर पनि भताए । ,अन्तमा रसुवाको धुन्चे बाल मन्दिरमा सबै रसुवा निबासी आमा बाबा दाजुभाइ दिदिबहिनी र कलाकारहरु प्रती दया माया गर्नु हुने सबैलाई यस् शेैतिम खबर मार्फत चुले निम्तो समेत गर्नु भएको छ।उहाँले फागुन ३ गते हुने कार्यक्रम १० गते गर्नु पर्ने भएकोमा  सबैलाई क्षमायाचना गर्नु भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार