क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका एक युवाले आत्मदाहको प्रयास ।

  शेैतिम सम्बाददाता

काठमाडौ : रुपन्देहीको देवदह स्थित क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका एक युवाले आत्मदाहको प्रयास गरेका छन् ।

देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगर स्थित क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका २४ वर्षका विपिन बस्यालले शरीरमा मट्टीतेल खन्याएर आफैलाई आगो लगाएका हुन्।

मंगलबार बिहान करिब ३ बजेतीर मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेको देवदह नगरपालिकाका प्रमुख हिरा खत्रीले जानकारी दिए । उनको अवस्था गम्भीर रहेको र उनको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार