टिकापुरमा क्रिस्चियनको धर्मगुरु पास्टरले मरेको मान्छे जिउँदो बनाउछु भन्दै मरेको शव घरभित्रै राखियो ।

  शेैतिम सम्बाददाता

काठमाडौ : कैलाली जिल्लाको टीकापुरमा क्रिस्चियनका पास्टर ले मरेको मानिसलाई जिउँदो बनाउछु भन्दै केही दिनदेखि घरभित्रै मरेको शव राखेको खुलेको छ।

टिकापुर प्रहरीका अनुसार टीकापुर नगरपालिका–१ शक्तिनगर मुक्त कमैया शिविरका पास्टर दीपक चौधरीले ४३ वर्षीय मोतीराम डगौराको शव घरभित्रै राखेको पत्ता लागेको छ। ।

उनका छिमेकीले लास गन्हाएको भन्दै प्रहरीलाई खबर गरेपछि घटना बाहिरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसूदन न्यौपानेले जानकारी दिए।

एक हप्ताभित्र जिउँदो बनाउँछु भन्दै पास्टरले शव घरभित्रै राखेको मृतकका छोरा ईश्वर डगौराले प्रहरीसमक्ष बताएका छन्।

“मोतीराम बिरामी भएपछि एक हप्ताअघि दीपकको घरमा लगिएको रहेछ,” डीएसपी न्यौपानेले भने, “गनाइसक्दा पनि बचाउँछु भनेर शव घरभित्रै राखेको भेटिएको छ ।

शवको अवस्था हेर्दा शनिबार राति वा आइतबार बिहान मृत्यु भइसकेको न्यौपानेको अनुमान छ।

शव परीक्षणका लागि टीकापुर अस्पतालमा लगिएकाे छ भने घटनाबारे सोधपुछ गर्न पास्टर, र मृतकका छोरासहित चार जनालाई नियन्त्रणमा लिइएको न्याैपानेले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार