नेपाल आदिवासी जनजाति महासंघले २६ औं विश्व आदिवासी दिवस २०२० मनाउदै

"पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संबिधान संशोधनको आन्दोलन हाम्रो साझा बहस! स्वनिर्णित विकास र महामारीमा बाच्ने तथा बचाउने पक्षमा २६ औ विश्व आदिवासी दिवश!!"

  शेैतिम सम्बाददाता

 

क्वालालम्पुर मलेशिया : नेपाल आदिवासी जनजाति महासंघ शाखा मलेसियाले विश्व आदिवासी दिवश २०२० को उपलक्ष्यमा “पहिचान सहितको संघीयता र स्वायत्तताका लागि संबिधान संशोधनको आन्दोलन हाम्रो साझा बहस!
स्वनिर्णित विकास र महामारीमा बाच्ने तथा बचाउने पक्षमा २६ औ विश्व आदिवासी दिवश!!” भन्ने मूल नाराका साथ शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।

१६ अगष्ट आइतबारका दिन राजधानी क्वालालम्पुर स्थित महासंघको आफ्नै कार्यलयमा कार्यक्रम गर्न लागेको हो।
विश्व महामारीको रुपमा रहेको covid -19 लाई मध्यनजर गर्दै सामाजिक दुरी कायम राख्दै हरेक वर्ष झैँ यो वर्ष पनि महासंघले कार्यक्रम गर्न लागेको महासंघका सचिव अर्पण मगरले बताउनु भयो।

शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम संगै महासंघमा हाल रित्त रहेका पदपूर्ति समेत गरिने साथै मलेसियामा रहेका अाम समाजसेवी ,खेलाडी ,कलाकार ,संञ्चारकर्मी तथा आदिवासी दाजु भाइ तथा दिदीबहिनी हरु लाई उपस्थितिको लागि महासंघका अध्यक्ष विपिन राईले आह्वान गर्नु भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार