बुटवलमा कोरोना विषेश अस्पतालमा दुइजनाको मृत्यु ।

काठमाडौ : बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा दुई जनाको मृत्यु भएको जनाएको छ ।

उपचारका लागि आइसोलेसनमा भर्ना भएका कपिलवस्तु नगरपालिका वडा नंं. २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको गएराति मृत्यु भएको बताएको छ ।

गुप्ता २५ गते र तेली साउन २७ गते अस्पतालमा भर्ना भएका थिए । गुप्तामा कोरोना संक्रमण पुष्टि भए पनि तेलीको स्वाब परीक्षण हुन बाँकी रहेको बताए ।

अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताएअनुसार दुवै जनालाई भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार सुरु गरिएको जनाएको छ ।

२५ वर्षीय तेली भारतको मुम्बईबाट केही दिनअघि घरमा आएका थिए । ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएकाले उनलाइ कोरोना अस्पतालमा भर्ना गरिएको थियो । तेलीको स्वाबको पीसीआर परिक्षण अब गरिने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार