दोरम्बा हत्याकाण्डका महान शहीदहरु अमर रहुन ! १८ औँ दोरम्वा स्मृति दिवस ।

  शेैतिम सम्बाददाता

दोरम्बा हत्याकाण्डका सहिदहरु

काठमाडौ : साउन ३२ गते आइतबार अर्थात १८ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस । जनयुद्धमा राज्यसत्ताद्वारा मच्चाइएका अत्यन्त क्रूर, बीभत्स र बर्बर हत्याकाण्डहरू मध्येको पनि क्रूरतम् हत्याकाण्डका रूपमा दोरम्बा हत्याकाण्ड परिचित छ ।

 

क्रूर, बीभत्स हत्या गरिएका सहिदहरु

 

२०६० साल साउन ३२ गते तत्कालीन नेकपा (माओवादी) र शाही सरकारबीच युद्धविराम भएर दाङको हापुरेमा शान्तिवार्ता चलिरहेको समयमा शाहीसेनाले अचानक र अनाहकमा रामेछाप दोरम्बामा एरियास्तरको बैठक बस्ने तयारी गर्दै गरेका नेकपाका क्षेत्रीय, जिल्ला र एरियास्तरका नेता–कार्यकर्तालाई घेराउ गरी

 

 

कसैलाई बैठक स्थलमै गोली हानेर र अधिकांशलाई हात बाँधेर करिब डेढ घन्टाको बाटो माथि डाँडाकटेरी पुर्याई लाम लगाएर पालैपालो कन्चटमा गोली हानी बर्बर हत्या गरेको थियो ।

 

रामेछाप, दोरम्बा डाँडाकटेरीमा तत्कालीन शाही सेनाले रामेछाप जनसरकार प्रमुख बाबुराम लामा (पुष्प), अम्बिका दाहाल (ललिका), उमा कार्की (सहारा), विष्णुमाया थापामगर (बिमा), विमला, उषा, रक्तिम, हर्कबहादुर तामाङ (यथार्थ, रवि चौहान (समीर), श्याम तामाङ (इन्क्लाब), पदमराज गिरी (असल), ठूलोराम तामाङ (छोक्पा), सानोराम तामाङ (तारा), लक्ष्मण तामाङ (छायाँ), जमिन, सोम, युवराज मोक्तान, लीला मोक्तान, टेकबहादुर थापामगर (विवेक), चतुर्मान थामी (समर) सहित २१ जनाको बर्बरतापूर्वक हत्या गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार