मलेसिया घेदुङले गर्यो जुगल पहिरो पीडितलाई एक लाख भन्दा बढी रकम सहयोग

काठमाडौं : नेपाल तामाङ घेदुङ मलेसियाले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं. २ लिदि गाउँका पहिरो पीडित परिवारलाई आज नगद सहयोग उपलब्ध गराएको छ ।

मलेसिया घेदुङले संस्थागत रुपमा उपलब्ध गराएको रकम रु. एकलाख ४ हजार रुपैयाँ सिन्धुपाल्चोक घेदुङका अध्यक्ष रेशम स्याङ्बोलाई नेपाल तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङले आज संघीय कार्यालय चुचेपाटिमा हस्तान्तरण गरेको हो ।

उपाध्यक्ष घिसिङले सहयोग रकम हस्तान्तरण गर्दै नेपाल तामाङ घेदुङ मलेसियालाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ । यसैगरी सिन्धुपाल्चोक घेदुङका अध्यक्ष रेसम स्याङ्बोले प्राप्त सहयोग रकम पीडित परिवारलाई समान ढंगले जनप्रतिनिधिको रोहवरमा बितरण गरिने जनाएको छ । हस्तान्तरण कार्यक्रममा घेदुङको बिभागिय प्रमुख तथा आइटिसी वरिष्ठ उपाध्यक्ष टासी लामा, आइटिसी सचिव रबिन थिङ र युवा घेदुङको केन्द्रीय अध्यक्ष बिलाम मोक्तानको समेत उपस्थिति रहेको थियो ।

सहयोग रकम पठाउने क्रममा नेपाल तामाङ घेदुङ मलेसियाका अध्यक्ष जगत दोङ तामाङले एक सन्देश पठाउदै तामाङ बस्ती नै तहसनहस हुनेगरी गएको पहिरोमा परी ठुलो सङ्ख्यामा तामाङहरुको मृत्यु र धेरै जना घरवर बिहिन हुन पुगेकोमा सिङ्गो समुदाय दुखित भएको बताएको छ । अध्यक्ष तामाङले यो दु:खद घडीमा हामीले धेरै सहयोग गर्न नसके पनि थोरै आर्थिक सहयोग गरेको उल्लेख गर्दै मृतकहरुमा हार्दिक श्रद्धाञ्जली र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।


साउन ३० गते शुक्रबार बिहान गएको पहिरोबाट लिदी गाउँका दर्जनौ घर पुरिदा ३९ जना बेपत्ता, दर्जनौ घाईते र करोडौं धनमालको क्षेति पुगेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार