गीतकार सेमन्त राईको “हाम्रो संखुवासभा” गित सार्वजनिक ।

  शेैतिम सम्बाददाता

 

बेलायत / गीतकार सेमन्त राईले जिल्ला भक्ती नयाँ गीत “हाम्रो संखुवासभा” लिएर दर्शक स्रोता सामु आएका छन् ।

उक्त गितमा संखुवासभा जिल्ला भित्र रहेको सबै गाउँ विकास समितिहरुको नामलाई समेटेर लेखिएको उक्त गीत जिल्लवासीको लागि एक ऐतिहासिक नै बनेको छ ।

भोईस अफ नेपालको नक आउट राउन्ड्सम्म पुगेकी चर्चित गायिका रीता राईको स्वरमा सजिएको उक्त गितमा डि. बि. कुलुङ्को संगीत रहेको छ भने मनोज सङ्सोन राईको संगीत समायोजन रहेको छ।

यस गीतको रचना, संगीत र स्वर सबै जिल्लावासीबाट नै भएकाले यसको भिन्दै विशेषता रहेकोछ । मकालुको काखमा रहेको संखुवासभा जिल्ला सोलुखुम्बु, भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र चीनको सीमाना बीच अवस्थित रहेको छ। पुर्बी पहाडी जिल्ला मध्ये ५ वटा नगरपालिका र ५ वटा गाँउपालिका रहेको छ। सेमन्त राइको आफ्नै च्यानलबाट उनले यस गीतलाई सार्वजनिक गरेका हुन्।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार