काठमाडौ / बुटवल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकमसहित १ जनालाई पक्राउ गरेको छ ।
आइतबार दिउँसो स्टिङ अप्रेसनमा स्रोत नखुलेको ५ लाख ३० हजार रकमसहित पूर्वाधार विकास कार्यालय बाँकेका कार्यालय प्रमुख मनिषकुमार अर्याललाई पक्राउ गरेको जनाएको छ ।
अर्याललाइ कार्यालयको गाडीसहित प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।
अख्तियार बुटवलका सूचना अधिकारी सुरेश भुसालका अनुसार अर्यालसँग रहेको रकमको स्रोत नखुलेकोले उनलाई पक्राउ गरिएको जानकारी दिएको छ ।