हाँस्य कलाकार कुइसाङ रुम्बा अभिनीत ङामी सिसि निसाइनोन बोलको तामाङ गीत सार्वजनिक ।

  शेैतिम सम्बाददाता


काठमाडौ  । गाएक एंव संगीतकार पासाङ स्याङ्तानको संगीत र आवाजमा रहेको ‘ङामी सिसी निसाइनोन’ बोलको गीत बजारमा आएको छ । उक्त गीतलाई म्हारमेेन मिडियाबाट बजारमा ल्याएको हो ।

गीतमा साहित्यकार हिरामाया घिसिङको शब्द रहेको छ भने उनै गायक स्याङ्तानको संगीत र स्वर रहेको छ । पारिजात रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई कर्साङ लामाले संगीत संयोजन र मिक्सिङ गरेका हुन ।

भिडियोलाई बज्र लामाले छायांकन, अमिर दोङले सम्पादन र निर्देशन गरेका हुन भने रेशम तामाङको मेकअप गरेका हुन । भिडियोमा चर्चित हाँस्य कलाकार कुइसाङ रुम्बा, दिनेश वाइबा,साजन स्याङ्तान र शर्मिला थोकरको अभिनय देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार