टेलिभिजनबाट पहिलो तामाङ फिल्म सेमरी छोरङान देखाएर तामाङ चलचित्रले यसपाली २५औं आफ्नो रजत महोत्सव मनाएको छ

काठमाडौ / सधै झै यसपाली फरक किसिमले आफ्नो रजत महोत्सव तामाङ चलचित्र संघले मनाएको छ । विश्व यति बेला नोबल कोरोना अर्थात कोभिड १९ को कारण आफ्नो तालिका अनुसार फरक किसिमले तामाङ चलचित्र संघले मनाएको भनेर हामिलाइ बताएका हुन।

सामाजिक संजालमा शुभ कामना देखि लिएर आफ्नो ह्याग ट्याग बनाएर तामाङ चलचित्रकर्मी हरुले महोत्सव मनाएका भनेर तामाङ चलचित्र संघको अध्यक्ष बिकु थोकरले जानकारी गराउन भएको छ ।

 

तामाङ चलचित्र निर्माण भएको २५ वर्ष पुगेको छ । २०५२ सालमा जयनन्द लामा द्दारा निर्देशित तामाङ भाषाको चलचित्र सेमरी छोरङान तामाङ चलचित्रकै पहिलो चलचित्र हो । सोही चलचित्र २०५३ साल भाद्र १६ गते शनिबार रसियन कल्चरमा प्रदर्शन भएको थियो,भने त्यसै दिनलाई तामाङ चलचित्र संघले प्रदर्शन दिवसको रुपमा औपचारिक कार्यक्रम गरेर मनाइ रहेको छ ।

प्रत्येक वर्ष चलचित्र क्षेत्रमा निरन्तर योगदान दिदै आइरहेको चलचित्रकर्मीलाई सम्मान गर्दै आएको सम्पूर्णमा सर्वबितितै छ । यस वर्ष भने नोबेल कोरोना भाईरस कोभिड १९ को कारण कुनै पनि कार्यक्रमहरु गर्न नसकेको कुरा सम्पूर्णमा जानकारी गर्दछौ ।

हाल सम्मको संख्यात्मक निर्माणलाई मध्यनजर गर्ने हो भने १६० भन्दा धेरै चलचित्रहरु निर्माण भैसकेको छ । तामाङ चलचित्र संघकै आयोजनामा चलचित्र निर्माण कार्यशाला गोष्ठी, सम्मान, अवार्ड र नीति निर्माणको सावलमा तामाङ चलचित्र संघ निरनतर लागि परी रहेकै छन ।

हाल नोबेल कोरोना भाईरस कोभिड १९ लाई विश्वले सामना गरी रहेको क्रममा तामाङ चलचित्रकर्मी पनि त्यस बाट अछुतो रहेन । कोभिड १९ कै बाबजुत पनि आफ्नो कर्मकार्य निरन्तर लागि पर्दै समाजमा सकरात्मक सन्देश प्रबाह गर्ने सम्पूर्ण चलचित्रकर्मीलाई हार्दिक बधाई एवं तामाङ चलचित्र प्रदर्शन दिवसको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै तामाङ चलचित्र संघको अध्यक्ष बिकु थोकरले सुरक्षित रहन अनुरोध गर्दैन शुभ कामना व्यक्त गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार