रचना मोक्तान यात्रिको कविता: उज्यालो ।

  शैतिम सम्बाददाता

 उज्यालो
 
केहीबेर अघि मात्र नै हो
आगनको डिल माथिल्तिरबाट घाम
ओरालो लागेपछि
जून पहेँलो पहिरनमा सजिएर
अँध्यारो झुपडीतिर सर्दै नजिकिएकी ।
तर
लुटपुटिन नपाउँदै काखमा
अँध्यारो मन पराउने
गुफाका चमेराहरू
आह्वान गर्न थाल्दछन् चुक घोप्टाएको अन्धकार
अन्धकारमै धन्दा गर्न खोज्दैछन्
ग्रहणको उल्कापात
गराउन खोजिरहेछन् प्रमिथसको हत्या ।
तर
याद गर महोदय
जनहुङ्कारले सफाचट पारेको
विशाल शान्त आकाशमा
हामी चाहिरहेछौँ
ग्रहण हटेपछिको उज्यालो ।
रचना मोक्तान यात्रि : २०७७/०५/२८/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार