तराईमा पनि रूद्राक्षको विरूवा व्यवसायीक खेती हुने सम्भावना।

  शैतिम सम्बाददाता

शुरेस कुमार पाण्डे: कपिलवस्तु चन्द्रौटा। शिवराज नगरपालिका वडा न १ नयाँ वस्ती निवासी देवराज ढुङ्गानाले ४ वर्ष पहिला भारत वाट २ वटा विरुवा ल्याई घरको आगनमा लगाएका थिए । पहिलो वर्ष ५ वटा दाना लागेको थियो भने अहिले हजारो दाना गाछीमा लागेको देखना सकिन्छ ।
धैरे व्यक्तिहरु घरमा आएर रुद्राक्ष मागेर लाने गरेको ढुङ्गानाले बताए । समुन्द्रि सतह देखि ८०० मिटर भन्दा माथी १००० मिटर सम्म राम्रो लाना लाग्ने यसका पारखीहरुले बताउने गरेका र रुद्राक्षका काठ देखि सबै काम लाग्ने ढुङ्गानेले बताए ।
तराईको ठाँउमा रुद्राक्षको व्यवसायीक खेती हुन सक्ने विरुवा हुरकेको देखेर ढुङ्गाना खुसि भएका छन् । थाह पाएका व्यक्तिहरुले के कामको लागि लाने गरेको जिज्ञासा राख्दा कसैले माला बनाउना कसैले आफनो बाइकमा बाधे शुभ हुन्छ भनेर लगेको वहाँ कि श्रीमती कमला ढुङ्गानाले बताइन् ।
रुद्राक्षको ’bout बताउदै स्थानिय देवराज ढुङ्गाना र गाछी वाट खसेको रुद्राक्ष
नेपालमा रुद्राक्ष पाइने ठाँउ यसको रुख र फल दुबैलाई नेपाली,संस्कृत र हिन्दी भाषामा रुद्राक्ष भनिन्छ । नेपालको पूर्वी भाग खासगरी अरुण उपत्यका क्षेत्रमा दाना पनि भनिन्छ । रुद्राक्षको बोदानिकल नाम इलाइयोकार्पस् जेनिटर्स रोक्स्ब हो भने अंग्रजी नाम अट्राजुम विड ट्रि हो । चीनमा यसलाइ चिड. काङ्क फु थी भनिन्छ ।
रुद्राक्ष एकै बोटमा एकपटक फल दाग्दा विभिन्न मुख ,आकार र विभिन्न नापका दानाहरु पल्दछन् । यसको दानामा माथिबाट तल झरेको प्रष्ट देखिन भर्टिकल रेखाहरु हुन्छन् । त्यही रेखालाई मुख भनिन्छ । जति मुख हुन्छन् त्यति नै मुखे भनेर चिनिन्छ ।
विभिन्न पौराणिक पुस्तकहरुमा एक देखी १४ मुखे सम्मका रुद्राक्ष पाइन्छ भनिएको भएपनि नेपालमा हालसम्म ३८ मुख सम्मको रुद्राक्ष पाइएको छ । यसको मुखको आधारमा धार्मिक, आध्यात्मीक तथा औषधिय र आर्थिक महत्व फरक फरक पर्न जान्छ । यसरी विभिन्न मुखे रुद्राक्षको अतिरिक्त गौरीशंकर वा ज्वाला(दुइ वटा जोडिएको),त्रिपाठ वा त्रिजुटी(तिन वटा जोडिएको) गर्भगौर,सवार जस्ता दानाहरु पाइन्छन् ।
गाछी( रुख)मा फलेको रुद्राक्ष यस्ता दानाहरु दुर्लभ र महंगा पनि हुन्छन् । एक मुखे दानालाई शिवको अवतार मानिन्छ र यसलाई रुद्राक्षको शिरोमणी पनि मानिन्छ ।विभिन्न रुखमा फलेका दानाहरुबाट एकै रड. र साइजका छानेर माला बनाइन्छ । रुद्राक्षका १०८ वटा दानाहरुबाट बनाएको मालालाई पूर्णमाला,५४ वटाबाट बनाइएकोलाइ अर्धमाला र २७ वटाबाट बनाईएकोलाई नक्षत्रमाला भनिन्छ । यस्ता मालाको केन्द्रमा एउटा अलि ठूलो दाना राखिएको हुन्छ ।यसलाई सुमेरुदाना भनिन्छ । २१ मुखे दानालाई सुमेरु बनाइ तयार गरिएको मालालाई इन्द्रमाला भनिन्छ । जप गर्दा गणना गरिने मन्त्रका लागि यी मालाहरुको प्रयोग गरिन्छ । रुद्राक्षलाई पृथ्वी र स्वर्ग जोड्नने र मानिस र देवता जोड्ने पवित्र साधनका रुपमा लिइन्छ । एकमुखे रुद्राक्षको वर्णन शिवपुराणको रुद्राक्ष महात्म्यमा पाउन सकिन्छ । यसलाई शिवको प्रतीक मानिन्छ । अत्यन्तै दुर्लभ तर शक्तिशाली हुनाले यसलाई अनमोल वरदान पनि मानिएको हो ।
विश्वासगर्नेहरुका अनुसार, यसलाई धारण गरे सुखशान्ति, समृद्धि, ऐश्वर्य र बुद्धि मिल्छ । चरक संहितामा पनि यस’bout उल्लेख छ, औषधीका रूपमा । सिद्धियोग परेको बिहीबारका दिन आकाशबाट परेको पानी रुद्राक्षको फूलमा परी तत्काल बन्द हुँदा त्यसबाट एकमुखे रुद्राक्ष फल्न सक्छ भन्ने पनि शिवपुराणको रुद्राक्ष महात्म्यमा उल्लेख गरिएको छ । लोकश्रुति अनुसार, एउटा बोटमा यस्तो रुद्राक्ष १२ वर्षमा तीनवटा मात्र फल्छन् । जसमध्ये एउटा आकाश र अर्को पातालमा जान्छ भने तेस्रोचाहिँ धर्तीमा रहन्छ । यो शिवरात्रि, पूणिर्मा वा विशेष दिनमा मात्र प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ ।
रुद्राक्षको दाना र यसका वोक्रामा विभिन्न रोग निको पार्न सक्ने दिव्य औषधीय तत्वहरु रहेको हुन्छन् । आयुर्वेद अनुसार दानाकोबोक्रा मधुमेह,उच्च तथा निम्न रत्तचाप,अल्सर अगायतका रोगका लागि राम्रो औषधि मानिन्छ । रुद्राक्ष डुबाएर बनाएको रुद्राक्ष पानी पनि बिभिन्न रोगका लागि उपयोगि मानिन्छ । खासगरी पेटको रोग,पुरानो घाउहरु,रत्तचाप,मधुमेहका लागि रुद्राक्ष पानी को प्रयोग गरिन्छ । मानिसको पुराना र निको हुन नसकेको घाउ खटिरामा राम्ररी पाकेको ,नकुहिएको र नमक्काएको सफा र गहकिलो दाना घोटेर यसको लेप बनाएर लगाएमा यस्ता घाउहरु चाडै निको हुन्छन् । त्यसैगरि कुकुर विराला तथा गाइ बस्तुहरुको खुर कुहिने , जोड्नी तथा खुट्टाहरुमा घाउ खटिरा आएमा यसको लेपलगाएर कपडाले बाधिदिए चाडै निको हुन्छ । थेरापी तथा अक्युपञ्चरजन्य प्रयोगका लागि सोफासेट,सवारी साधानकासिटकभर,सिरानी,तन्या,मेडिटेसन म्याट जस्ता सामानहरु बनाएर समेत प्रयोग गर्न थालीएको छ । रुद्राक्षको धारण र प्रयोगले मानिसमा आत्मशक्ति बढाउने र दुस्प्रभावहरु हटाउने विश्वास समेत गरिन्छ । अन्य धेरै खाले रोगको उपचारमा रुद्राक्षको प्रयोग भइरहेको पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार