युवा समाजसेवी सरोज घिसिङद्वारा लकडाउनमा खाद्यान्न सहित नगद गर्यो सहयोग

भक्तपुर : विश्व यतिबेला कोरोना महामारीको कारण अक्रान्त छ। यो बेला निम्न परिवार र मजदुरी गर्नेहरुको दैनिकी टुटेको छ। यस्तो अवस्थामा मनको धनी हृदयको खानी युवा समाजसेवी सरोज घिसिङले भने आफ्नो कमाईको केही पैसा काटेर गरिबी र भोको जीवन बिताइ रहेकाहरुको लागि खुसिको प्याकेज सहित घर घरमा पुगेर खाद्यान्न सहित रकम बितरण गरिरहेका छन !

दैनिकी टुकेका मजदुरको लागि चामल सहितको खाद्यान्न र सुत्केरी भएका अति बिपन्न परिवारलाई नगद सहित घरमै पुगेर रकम हस्तान्तरण गरिएको हो ।हाम्रो समृद्धि नेपालको सचीव समेत रहेको घिसिङ पछिल्लो समय समजसेवामा ब्यस्त रहेका छन ।

त्यसैगरी खलनायक तथा राष्ट्रिय खेलाडी युवा समाजसेवी सागर घिसिङबाट पनि २० हजार रकम हस्तान्तरण गरिएको छ।

नायक जंगे लोप्चनबाट पनि रकम सहयोग गरिएको छ केहि समय अगाडि सिन्धुपाल्चोकको पहिरो पीडितलाई पनि रकम सहयोग गरिएको थियो भने अहिलेको भोकमरी बाट कोहि नमरियोस भनी संचालन गरिएको अभियानमा नायकले २० हजार रकम सहयोग गरिएको हो ।

यसरी नेपालमा कुनै परिस्थितिबाट भएको दु:खद घटना होस या बिपत्तिको बेला सहयोगको भावना भएको अमेरिकामा रहेको समाजसेवी लोक घिसिङबाट ४६ घरधुरीलाई खाद्यान्न हस्तान्तरण गरिएको छ।पछिल्लो समयमा भएको कुनै पनि विपत्तिमा सहयोग गर्दे आईरहेका लोक घिसिङ अहिले अमेरिकामा बसोबास गर्दै आउनुभएको छ ।

त्यसैगरी सामाजिक अभियान्ता बबिता योन्जनले पनि स्वर्गीय आमाको आत्म शान्तिको कामना गर्दे दुई परिवारलाई सहायोग गरेका छन।

उक्त कार्यक्रम हाम्रो संबृद्वि नेपालको पहलमा गरिएको हो।
अभियानलाई सार्थक दिनको लागि सहयोग गर्नु हुने सम्पूर्णलाई सामाजिक अभियान्ता तथा संचारकर्मी संस्थाको अध्यक्ष सुदिन लामा दोङले धन्यवाद दिनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार