कोरोना संक्रमणबाट बुटवल, मोरङ र सप्तरीमा एक/एक जनाको मृत्यु ।

  शेैतिम सम्बाददाता

 

काठमाडौ : कोरोना संक्रमणबाट बुटवल, मोरङ र सप्तरीमा एक/एक जनाको मृत्यु भएको छ।

बुटवलमा मृत्यु भएका दुई जनामध्ये एकजनाको रिपोर्ट आउन बाँकी रहेको छ भने एकजनाको कोरोना संक्रमणबाटै मृत्यु भएको पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले बताए।

मृत्यु भएको एकजना बुटवलको धागो कारखानस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नं २ का ४२ वर्षीय पुरुष रहेको बताए । त्यस्तै, कृष्णनगर नगरपालिका– १० का २५ वर्षीय पुरुषको मृत्यु भएको डा. गिरीले बताएका छन ४२ वर्षीय पुरुषको कोरोना पुष्टि भएको छ भने २५ वर्षीय पुरुषको रिपोर्ट आउन बाँकी रहेको बताए ।

थप मोरङमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। कन्ट्याक्ट ट्रेसिङको आधारमा लगिएका बुढीगंगा गाउँपालिका वडा नं २ गंगाचोकका ५५ वर्षीय पुरुषको मृत्यु भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले जानकारी दिए। साउन २६ गते वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएका उनको गएराति मृत्यु भएको हो ।

यसैगरी, सप्तरीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। डाक्नेश्वरी नगरपालिका ८ का ८० वर्षीय बृद्धको मृत्यु भएको हो। उनी राजविराज–६ स्थित सिरहा रोडमा बस्दै आएका थिए। ज्वरो आएपछि उनको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि प्रयोगशाला लगिएको थियो।

रिपोर्ट पोजिटिभ आएपछि उनलाई आइसोलेनसमा ल्याउनका लागि एम्बुललेन्स पठाइएको थियो। एम्बुलेन्समा चढेलगत्तै उनको मृत्यु भएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए। उनको शव नेपाली सेनाले व्यवस्थापन गर्न लागेको उनले बताए। यो संगै आज मात्रै कोरोना संक्रमणबाट ५ जनाको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार