गण्डकी प्रदेशमा तीन जना नेपाल आर्मी सहित ३१ जनामा कोरोना संक्रमण पुष्टि ।

  शेैतिम सम्बाददाता

काठमाडौ : दिउँसो ४ बजेको विवरण अनुसार गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो सहित अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३५७९ पुगेको छ ।

 

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमितहरुको विवरण:


नेपाल आर्मीमा कार्यरत ३ जना पर्बत जिल्ला, कुश्मा नगरपालिकाको रहेको छ भने वाड नं १ का १ जना पुरुष र बाग्लुंग जिल्लाका सबैजना भारतबाट आई क्वारेन्टाइनमा बसेको जनाएको छ ।

एकजना शिक्षक स्याङ्जा जिल्ला, बिरुवाका ३० बर्षीय पुरुष रहेका छन । बिद्युत कार्यालय, दमौलीमा कार्यरत तनहुँ जिल्ला, ब्यास-१० का ४८ बर्षीय पुरुष र अन्य सबै संक्रमित व्यक्तिहरु contact tracing बाट कोरोना संक्रमण पुष्टि भएकाहरु हुन । संक्रमित सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार