एक नम्बर प्रदेशमा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि ।

  शेैतिम सम्बाददाता

 

काठमाडौ : पछिल्लो २४ घण्टामा एक नम्बर प्रदेशमा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशका ५ वटा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८ सय ०८ जनाको पीसीआर परीक्षण गर्दा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यो सहित प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ९ सय ५० पुगेको छ।

मोरङमा ४२ जना सुनसरीमा ३७ जना झापामा ४ जना पाँचथरमा २ जना ताप्लेजुङ र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

विराटनगरमा ११ महिला १३ पुरुष, पथरी शनिश्चरेमा ३ महिला ३ पुरुष, जहदामा ३ महिला ३ पुरुष, सुन्दर हरैचामा १ महिला २ पुरुष, ग्रामथान, कटहरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।

उता सुनसरीको इटहरीमा २४ महिला ७ पुरुष, दुहवीमा २ महिला २ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, झापाको गौरादहका १ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुष, पाँचथरको फालेलुङमा २ पुरुष, ताप्लेजुङमा १ पुरुष, तेह्रथुमको छथरमा १ पुरुष र प्रदेश १ बाहिरका २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज २७ जना डिस्चार्ज भएका छन्। यो सँगै डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय १९ जना पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार