बिद्युत प्राधिकरणको जिप बगाउदा ३ जना बेपत्ता ।

  शेैतिम सम्बाददाता

 

काठमाडौ : कपिलवस्तु बाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले बिद्युत प्राधिकरणको जिप बगाएको छ ।

जिप बगाउदा ३ जना बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा बिद्युत प्राधिरकण जितपुर सव-स्टेशनका प्रमुख कृष्ण पौडेल, सवारी चालक माधव पाण्डे र एक स्थानिय रहेका छन् ।

जिपमा ४ जना कर्मचारी र २ जना सर्वसाधरण चढेका थिए । २ कर्मचारी र १ स्थानिय भाग्न सफल भएपनी ३ जना जिपसँगै बगाएका थिए ।

मोतिपुर नजिकैको कजवे पार गर्ने क्रममा जिप बगाएको हो । घटनास्थलमा अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरी परीचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार