काठमाडौको धोबिखोलाले एक ब्यक्ति बगाउँदा बेपत्ता ।

  शेैतिम सम्बाददाता

 

काठमाडौ : काठमाडौ स्थित धोबीखोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । कालोपुलबाट दोलखाका ६५ वर्षिय हरिबहादुर कार्कीलाई बगाएको महानगरीय प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ ।

साँझ ५ बजेतिर खोला बगाएको भनि खबर आएपछि नेपाल प्रहरीको विपद व्यवस्थापन गुल्म र महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले उनको खोजी गरिरहेको बताएको छ ।

कालोपुल क्षेत्रमा तरकारी पसल सञ्चालन गर्ने कार्कीलाई अझै सम्म फेला पार्न नसकिएको डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार