कोरोना संक्रमणबाट चितवनमा एकजनाको मृत्यु ।

  शेैतिम सम्बाददाता

 

काठमाडौ : चितवन मेडिकल कलेजमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ।

तनहुँ आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षका युवाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको राति १२ः५५ बजे मृत्यु भएको हो ।

डायलासिस गराउन भदौ २९ गते अस्पताल ल्याएका उनि भदौ ३१ गते कोरोना संक्रमण पोजिटिभ देखिएका थिए ।

कोरोना सङ्क्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचारका क्रममा राति मृत्यु भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार