आज कोरोना संक्रमण पुष्टि हुनेको संख्या १४९७ जना ।

  शेैतिम सम्बाददाता

 

काठमाडौ : २४ घण्टामा नेपालमा थप १ हजार ४ सय ९७ जनामा कोरोना पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा ११ हजार ४ सय ४९ जनाको पीसीआर नमुना परीक्षण गर्दा १४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सहित नेपालमा संक्रमितको ६९ हजार ३ सय ०१ जना पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ जना रहेको छ। जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ६ सय १४ जना रहेका छन् भने होम आइसोलेसनमा ९ हजार ८ सय २३ जना रहेका छन्। हाल नेपालमा ६ हजार ५ सय ६५ जना क्वारेन्टिनमा रहेका छन्।

आज ४ सय ५७ जना कोरोना मुक्त भएका छन यो सहित हालसम्म नेपालमा कोरोना मुक्त भएर ५० हजार ४ सय ११ जना डिस्चार्ज भइसकेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार