काभ्रेमा माइक्रोबस दुर्घटना हुदा १७ घाईते ।एकको अवस्थ गम्भीर ।

  शेैतिम सम्बाददाता

 

काभ्रेपलान्चोक : काभ्रे जिल्लाको सदरमुकाम धुलिखेल नगरपालिका वडा नम्बर ९ स्थित वीपी राजमार्गमा बिहीबार माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

बा.४ ख ५८७० नम्बरको माइक्रोबस सडकबाट करिब ८० फिट तल खस्दा चालकसहित १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पुर्यइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटना के कारणले भयो आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार