नेपालमा आज दिउँसो ४ बजे सम्म कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ ।

  शेैतिम सम्बाददाता

 

काठमाडौ : आज मात्रै नेपालमा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार बिहीबार मात्रै ५ जना महिला र १२ जना पुरुष संक्रमितको मृत्यु भएको हाे।

मृत्यु हुनेमा प्रदेश नम्बर १ मोरङका ५५ बर्षिय महिला झापाका ७८ बर्ष पुरुष सुनसरीका ८१ बर्षिय महिला रहेका छन ।

प्रदेश २ मा धनुषाका ६८ र ७० बर्षिय पुरुष राैतहट का ६५ बर्षिय पुरुष रहेका छन ।

बागमती प्रदेशमा भक्तपुरका ७३ बर्षिय महिला र ८४ बर्षिय पुरुष काठमाडौका ८२ बर्षिय महिला र ७५/७९/८० बर्षिय पुरुष र धादिङका ३२ बर्षिय महिला रहेका छन ।

गण्डकी प्रदेश तनहुँका ३९ बर्षिय पुरुष रहेकाछन ।

प्रदेश ५ दाङका ३९ बर्षिय पुरुष कपिलवस्तुका ५० बर्षिय पुरुष नवलपरासी का ५५ बर्षिय पुरुष रहेकाछन ।

यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ । संक्रमितहुनेहरु बाट मृत्युको प्रतिशत ०.६५% रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार