करेन्ट लागेर धनकुटामा एकको मृत्यु ।

  शेैतिम सम्बाददाता

 

काठमाडौ : धनकुटाको चौबिसेमा करेन्ट लागेर एक ब्याक्तिको मृत्यु भएको छ ।

बिजुलीको पोल ढलेर लत्रिएको तारबाट करेन्ट लागेर चौबिसे गाउँपालिका वडा नम्बर ३ का ५६ वर्षीय भक्तबहादुर दर्जीको मृत्यु भएको हो ।

जंग सामुदायिक वनमा विद्युत लाइनको पोल ढलेर लत्रिएको तारबाट करेन्ट प्रवाह हुँदा उनको घटनास्थलमै मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए । सल्लोको दियालो खोज्न जंगल पुगेका दर्जीले लत्रिएको तार छुदा करेन्ट लागेर मृत्यु भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार