जापानमा अस्तित्वमै नरहेका कन्ट्री कोड भएका नम्बरबाट फोन अतंक ।

  शेैतिम सम्बाददाता

 

टोकियो । जापानमा अस्तित्वमै नरहेका अन्तरराष्ट्रिय फोन नम्बरबाट फोन आउने क्रम बढेको छ । सेप्टेम्बरमा यस्तो क्रम बढेकोले बिलिङ फ्रड भएको हुन सक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।

यी कलहरु जापानमा बसोबास गरिरहेका चिनियाँहरुलाई लक्षित गरेर बोट प्रोग्रामबाट भएको देखिएको छ । तर कयौं जापानीहरुलाई समेत त्यस्तो खालको फोन आएको टोबिला सिष्टम्समा सुरक्षा प्रविधि विज्ञले बताएका छन् । शंकास्पद नम्बरबाट आएको फोन नउठाउन र कल ब्याक नगर्न समेत उनीहरुले आग्रह गरेका छन् ।

+ ८३, +४२२ जस्ता अस्तित्वमै नरहेका कन्ट्री कोड भएका नम्बरबाट अगष्टमा फोन आएको देखिएको छ । सेप्टेम्बरमा भने एकै दिनमा ५ हजार भन्दा बढी फोन आएको पाइएको छ ।

आकितामा बसोबास गर्दै आएकी एक ४० वर्षिय चिनियाँ महिला +८५५ बाट आएको फोन उठाएपछि ४१ लाख १० हजार येन (३९ हजार डलर) तिर्न बाध्य भएको अनुसन्धानको क्रममा खुलेको छ ।

फोनमा एक महिला र पुरुषले चिनियाँ दूताबासबाट फोन गरेको भन्दै पीडितलाई अनधिकृत रुपमा चीनको वुहानमा मास्क पठाएको आरोप लगाएका थिए । अधिकांश फोन स्वचालित भएको र हुँदै नभएका कन्ट्री कोड प्रयोग भएको टोबिलाले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार