बन्ने भयो तामाङ चलचित्र निङमाको गरियो शुभ- मुर्हत

भक्तपुर । एक्सन फिल्म प्रालिको ब्यानरमा निर्माण गरेको अस्मिता दोङको तामाङ कथानक चलचित्र निङमाको शनिबार शुभ-मुर्हत भएको छ।                 

 

उक्त चलचित्रको शुभ- मुर्हत आदिवासी चलचित्र महासंघका उपाध्यक्ष एवम् तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरको प्रमुख आतिथ्यतामा काठमाडौंको पेप्सीकोलामा एक औपचारिक कार्यक्रम गरेर उक्त चलचित्रको उद्घाटन गरेको होे।     

चलचित्रमा चर्चित सुपर स्टार तथा लोकप्रिय चर्चित नायक कुमार मोक्तान, चर्चित नायिका रोशनी ब्लोन,नव नायक विशाल तामाङ(पेमा वाइवा) नव नायिका लक्ष्मी तामाङलाइ मुख्य भुमिकामा देखिने भएको छ।

कथा तथा निर्देशन डिबी दोङ तामाङले गरिने चलचित्रमा द्वन्द्व निर्देशनमा राजु किरात, नृत्य निर्देशन अजय स्याङतान,पठकथा/ संवाद सागर वाइवाले गर्ने  छन भने चलचित्रको छायांकन विमल ढकालले गर्ने निर्माण पक्षले बताएका छन् ।

निङमा चलचित्र निर्माण कर्ता जगत लामा, र कुमारी दोङको संयुक्त लगानीमा चलचित्र निर्माण गरिने भएको छ।
चलचित्रमा खलनायक धुर्व तामाङ (छिरिङ) पुर्ण लामा लगायतका कलाकारहरुले अभिनय गरिने भएको छ।

कार्यक्रममा विशेष अतिथि समाजवादी जनता तामाङ संघका उपाध्यक्ष विकास ब्लोन,तामाङ चलचित्र संघका उपाध्यक्ष तथा चर्चित नायक कुमार मोक्तान र, संघका उपाध्यक्ष भूईसाल लामा ग्याङलेख विकास समितिका अध्यक्ष सुवास लामा,लगायतका अतिथिहरुको उपस्थिति रहेको थिए।

कलाकार सुनमाया दोङको छुट्टै अभिनय पनि रहेन छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार