गायक तथा संगितकार रमित लामाको “घोर्गी ताम” बोलको नयाँ तामाङ गित सार्वजनिक हुँदै 

काठमाडौ : विशाल कल्तानको शब्द संगित रहेको घोर्गी ताम” गित सार्वजनिक हुदै।

“सेर्पिनी अजि” बोलको तामाङ सेलो गीतको सफलता पछि नयाँ गीत घोर्गी ताम को रेकर्डिङ सम्पन्न भएको गायक लामाले बताए । त्यसै गरि भर्खरै रेकर्ड भएको गीतमा रमित लामा र जितु लोप्चन को स्वर रहेको छ भने शब्द संगीत बिशाल कल्तान को रहेको छ ।

उक्त गीतको एरेञ्ज र मिक्सिङ दिपेश प्रधान ले गरिएको छ। गीत रेकर्डिङ जेनिरिक स्टुडियोमा भएको थियो भने गीतमा सागर मोक्तान को प्रस्तुती रहेको छ । यो गीत जिग्मि मिडिया युट्यबाट सार्वजनिक हुने भएको छ ।

डाँड है पारी बाट चर्चा कमाउदै मलेसियामा भएको हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०१८ मलेसिया बाट बर्ष सर्बोत्कृष्ट नव सेलोगायक बिधाको बिजेता गायक लामाले यो गीतमा पनि पहिलेको गीतले जति नै दर्शकको माया पाउने आशा गरेको बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार