कलाकार र पत्रकार चढेको गाडी दुर्घटना केही घाइते ।

काभ्रेपलान्चोक : कलाकार र पत्रकारहरु चढेको गाडी अनैकोटमा दुर्घटना भएको छ ।


युवा समाजसेवी आसमान वाइबाले चलाएको गाडी म्युजिक भिडियो सुटिङ गर्नका लागि काभ्रेको अनेकोट भ्युउ टावर, दोलखाको कालिन्चोक जाँदै गर्दा पाँचखाल नगरपालिका वडा १ म्हाने गाउँमा दुर्घटना भएको जनाएको छ।

उक्त गाडीमा सवार ड्राइभर ,समाजसेवी असमान वाइवा,मोडल अमिता दोङ,जिन्सन खत्री ,फोटोग्राफर विकास देव योञ्जन र सुदिन लामा दोङ रहेका थिए।

उक्त दुर्घटनामा परि केही कलाकारहरु सामान्य घाइते भएको जानकारी दिए । बाँकी सबैजना समान्य रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार