गायक तथा संगीतकार कोष बोम्जन तामाङको “ल्होछार आयो है” बोलको सेलो गीत अडियो सार्वजनिक

काठमाडौं :- चाहाना ब्लोन तामाङ को शब्दमा रहेको “ल्होछार आयो है” बोलको गीत अडियो सार्वजनिक भएको छ।

बौद्ध धर्मलम्बिहरुको महान चाड ल्होछार नजिकिए सँगै ल्होछारको गीत लाई बजारमा गायक तथा संगीतकार बोम्जन ले बताए ।

त्यसै गरि भर्खरै सार्वजनिक भएको गीतमा कोष बोम्जन तामाङ र राम कुमारी जेसुम को स्वर रहेको छ भने शब्द चाहाना ब्लोन तामाङ र संगीत आर.बि लामा को रहेको छ ।

त्यसै गरि उक्त गीतको एरेञ्ज जोग लाल लामा र मिक्सिङ दिपेश प्रधान ले गरिएको छ। गीत रेकर्डिङ पारिजात स्टुडियो भएको थियो भने गीतमा वाङ्छु घिसिङ्को को प्रस्तुती रहेको छ।

उक्त गीत फ्याफुल्ला नेपाल नामको युटुब च्यानल बाट सार्वजनिक भएको छ

विभिन्न गीतहरु बाट चर्चा कमाउदै मलेसियामा भएको हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड-२०१८ मलेसिया को पब्लिक च्वाईस बिधाको बिजेता गायक बोम्जन ले यो गीतमा पनि पहिलेको गीतले जति नै दर्शकको माया कमाउने आशा गरेको बताउनु भयो।

सार्वजनिक भएको गीतको अडियो लिंक तल रहेको छ। 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार