पर्सा बाट नक्कली डाक्टर पक्राउ ।

काठमाडौ : पर्सा जिल्ला प्रहरीले वीरगंजबाट एक जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ निवासी ४० वर्षीय नारद साह तेलीलाई पक्राउ गरेको जनाएको छ ।

वीरगंज महानगरपालिकाको वडा नम्बर २ छप्कैयास्थित यादव अल्ट्रा साउण्ड सेन्टरमा डाक्टर शिवशंकर यादवको नाममा आफैंले विरामीहरुको चेकजाँच गरि औषधी उपचार तथा गर्भवती महिलाहरुलाई समेतको अल्ट्रासाउण्ड गरिरहेको अवस्थामा शुक्रबार प्रहरीले उनलाई पक्राउ गरि आइतबार सार्वजनिक गरेको हो ।

बिशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलिले उनलाई नियन्त्रणमा लिई आइतबार पर्सा जिल्ला अदालतबाट मुलुकी अपराध संहित २०७४ को परिच्छेद १९ को दफा २३० को ईलाज सम्बन्धि कसुर शिर्षकमा ७ दिन म्याद थप गरि अनुसन्धान कार्य भइरहेको पर्साका प्रहरी नायब उपरिक्षक मनोजित कुवरले जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार