पछिल्लो २४ घण्टामा ३५५६ जना कोरोना संक्रमण पुष्टि ।

काठमाडौ : नेपालमा पछिल्लो २४ घण्टामा ३५५६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा १५५७७ जनाको आरटी पीसीआर परिक्षण गर्दा ३५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाएको छ ।

हाल आईसोलेसनमा ३५९१५ जना रहेको छ । यो सहित देशभर कोरोना संक्रमितको संख्या ११५३५८ जना पुगेको छ ।

हाल क्वारेन्टाइनमा ४७९५ जना रहेका छन । २४ घण्टामा १५०३ जना कोरोना संक्रमण मुक्त भैई डिस्चार्ज भएका छन । यो सहित देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ७८७८० झना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार