फरार प्रतिवादी पक्राउ ।

काठमाडौ : सार्वजनिक अपराध शिर्षकमा मुद्दा पतेका फरार याम बहादुर नेपाली जिल्ला प्रहरी पर्वतले पक्राउ गरेको छ ।
पर्वत जिल्ला महाशिला गाउपालिका वडा नं. २ भोक्सिङ बस्ने वर्ष २९ का याम बहादुर नेपाली विरुद्द केही सार्वजनिक अपराध शिर्षकमा मुद्दा दर्ता भई मिति २०७३।०३।२७ गते कास्की जिल्ला अदालतको फैसलाले रु.१५,००/- जरिवाना भएको र हालसम्म फरार रहेकोमा खोजतलासकै क्रममा ईलाका प्रहरी कार्यालय पर्वतबाट खटीएको प्रहरी टोलीले फरार याम बहादुर नेपालीलाई जिल्ला महाशिला गाउपालिका वडा नं. २ भोक्सिङ स्थित निजकै घरवतमा लुकी छुपी बसिरहेको अवस्थामा फेला परी मिति २०७७।०६।२६ गते नियन्त्रणमा लिई पर्वत जिल्ला अदालतमा बुझाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार