गाउँपालिका अध्यक्षलाइ कोरोना संक्रमण पुष्टि ।

काठमाडौ : पर्वत जिल्लाको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ललाई कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा बन्द गरिएको छ।

बुधबारदेखि गाउँपालिकाको कार्यालय र वडा कार्यालयका सबै सेवा बन्द गरिएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले विज्ञप्ति प्रकाशित गरि कन्ट्याक्ट ट्रेसिङको परीक्षण रिपोर्ट नआएसम्मका लागि सेवा बन्द गरिएको जानकारी गराएका छन्।

विज्ञप्तिमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सम्पर्कमा आएका सबैलाई सुरक्षितरूपमा होम आइसोलेसनमा बस्न शर्माले आग्रह गरेका छन्।

अध्यक्ष मल्लको सम्पर्कमा रहेका परिवारका सदस्य, जनप्रतिनिधि, कर्मचारी, अन्य व्यक्तिको परीक्षण गरिने भएको छ। क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा अध्यक्ष मल्ललाई मंगलबार सङ्क्रमण पुष्टि भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार