कोरोना संक्रमणबाट नवलपरासीका एक जनाको मृत्यु ।

 

काठमाडौ : कोरोना संक्रमणबाट नवलपरासी पश्चिमका एकजना को मृत्यु भएको छ । सुनवल नगरपालिका वडा नम्बर ४ का ७७ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा बुधबार बिहान मृत्यु भएको हो ।

श्वास प्रश्वासमा समस्या आएपछि असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएका उनको असोज २७ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पुष्टि भएपछि बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको थियो ।

उपचारको क्रममा बुधबार बिहान २ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनी मुटु रोगीसमेत रहेको डा. गौतमले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार