पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना संक्रमण पुष्टि ।

 

काठमाडौ : पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि ।

देशभरको विभिन्न प्रयोगशालामा १३९४७ जनाको आरटी पीसीआर परिक्षण गर्दा २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार १ सय ७४ जना डिस्चार्ज भएको छ । यो सहित डिस्चार्ज हुनेको संख्या ८० हजार ९ सय ५४ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामादेशभरको आईसोलेसनमा ३६ हजार ३ सय ६७ जना रहेका छन । संस्थागत आईसोलेसनमा १४८१९ र होमआईलोसनमा २१५४८ रहेको छ ।

यो सहित देशभर १ लाख १७ हजार ९ सय ९६ जना पुगेको छ । हाल क्वारेन्टाइनमा ४ हजार ६ सय ६६ जना रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार