काङ्ग्रेस कार्यकर्ताले सर्लाही जिल्ला प्रहरी कार्यलय तोडफोड ।

 

 

काठमाडौ : सर्लाही जिल्लामा काङ्ग्रेस कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्दा काङग्रेसका नेता कार्यकर्ता र प्रहरीबीच बुधबार दिउँसो झड्प भएको छ ।

कोरोना संक्रमितको संख्या नढेको बेला ठूलो संख्यामा काङ्ग्रेसका नेता कार्यकर्ताले जबर्जस्ती जिल्ला प्रहरी कार्यालय भित्र प्रवेश गर्न खोजेपछि झड्प भएको जनाएको छ ।

काङ्ग्रेस कार्यकर्ता आउनेवित्तिकै उनीहरुले ढुँगामुडा गर्न थाले,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी एवं प्रवक्ता मदन कुँवरले भने, ‘उनीहरुले प्रहरी कार्यालयको झ्यालका सिसासमेत फुटाइदिएपछि बल प्रयोग गर्नुपरेको हो ।

उनका अनुसार भिडलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ३१ राउण्ड अश्रु ग्याँस प्रहार गरेको बताए ।

दुवै पक्षको झडपमा डीएसपीसहित प्रहरीतर्फ २२ जना घाइते भएका छन् । यस्तै प्रदर्शनकारीतर्फ पनि २० भन्दा बढी व्यक्ति घाइते भएको प्रदेश सांसद वीरेन्द्र सिंहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार