कोरोना संक्रमणबाट काभ्रेमा थप एकजनाको मृत्यु ।

 

काभ्रेपलान्चोक : काभ्रेमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

काभ्रे जिल्ला बेथानचोक गाउँपालिकाको ५७ बर्षिय बृद्धको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

यो संगै काभ्रे जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० जना पुगेको छ ।

बुधबार काभ्रेमा ४० जना कोरोना संक्रमित थपिएका छन ।यो संगै काभ्रेपलान्चोकमा कोरोना संक्रमितको संख्या ११३६ जना पुगेको छ । संक्रमितहरु मध्ये कोरोना संक्रमण मुक्त भैई डिस्चार्ज हुनेको संख्या ५९३ जना रहेको छ । यो संख्या प्रतिशतमा ५४% रहेको छ ।

काभ्रेमा कुल सक्रिय सङ्क्रमितहरु मध्ये आज सम्म धुलिखेलमा १६१ जना । बनेपा नगरपालिकामा १७० जना पनौतीमा ४४, जना पाँचखालमा ३१,जना नमोबुद्धमा ३४,जना मण्डनदेउपुरमा १४, जना भुम्लु गाउँपालिकमा ३ जना रोशी गाउँपालिकामा ११, जना महाभारत गाउँपालिकामा ३ जना सङ्क्रमित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार