झापामा २२ बर्षिय चाैधरीको हत्या ।

 

काठमाडौ : झापाको कनकाई नगरपालिका वडा नम्बर ३ का २२ वर्षीय अभिषेक चौधरीको हत्या भएको छ ।

मृतक चाैधरिलाइ धारिलो हतियार प्रयोग गरी हत्या गरेको पुष्टि भएको छ । झापाको सुरुङ्गा खोलास्थित बाँसघारीमा उनको शव फेला परेको जनाएको छ ।

चाैधरीको टाउको र अनुहारमा धारिलो हतियार प्रहार गरेको चोट देखिएको छ जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

घटनास्थलमा प्रहरी टोली खटाएर थप अनुसन्धान भइरहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार