चितवनमा हेटौंडाका कोरोना संक्रमितको मृत्यु ।

 

काठमाडौ : कोरोना संक्रमणबाट चितवनमा एकजनाको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ प्रगति टोलका ६६ बर्षिय पुरुष उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पाैडेलका अनुसार यहि असोज २७ गते ज्वरो रुघाखोकी र श्वासप्रश्वासमा समस्या हुदा अस्पतालमा भर्न भएका थिए । पीसीआर परिक्षण गर्दा उनमा असोज २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि कोभिड सघ उपचार कक्षमा उपचारकै क्रममा साँझ ६ :१५ मा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी पाैडेल ले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार