कोरोना संक्रमणबाट एक महिला सहित बिराटनगरमा तीन जनाको मृत्यु ।

 

काठमाडौ : कोरोना संक्रमणबाट बिराटनगरमा ३ जनाको मृत्यु भएको छ ।

बिराटनगर स्थित विराट नर्सिङ होम बिराटनगर अस्पतालमा एक जना महिला र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र बिराटनगरमा २ पुरुष गरि ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नम्बर ४ का ५० बर्षिय पुरुष र सुनसरी धरान उपमहानगरपालिका वडा नम्बर १५ का ६६ बर्षिय पुरुष रहेको छ ।

बिराटनगरका मृतक पुरुषको पीसीआर परिक्षण गराउदा असोज २१ गते कोरोना पोजिटिभ देखिएको उपचार केन्द्र व्यवस्थापक ज्ञान बहादुर बस्नेतले जानकारी दिए । उनको बिहीबार ३:३० बजे मृत्यु भएको बताए ।

मृतक पुरुष मधुमेहको समस्या रहेको बताएका छन । उनलाइ सोमबार कोरोना पुष्टि भए पनि होम आइसोलेसनमा रहेका धरानका वृद्ध पुरुषलाई श्वासप्रश्वासको समस्या बढेपछि उपचारका लागि बुधबार कोभिड अस्पताल भर्ना गरिएको उनले बताए ।

उनको उपचारकै क्रममा बुधबार राति ९ बजेतिर मृत्यु भएको जानकारी बस्नेतले दिए । मृतकमा मधुमेह, उच्च रक्तचाप लगायतका स्वास्थ्य सम्बन्धी पुरानै समस्या रहेको उनको भनाइ छ ।

यसैगरी विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया महिलाको बुधबार साँझ ७ बजेतिर मृत्यु भएको छ । मुटु सम्बन्धी समस्या भएर उपचारका लागि गत मंगलबार उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार