चुनौती सामना गर्न संञ्चार मन्त्रालयको जिम्मेवारीमा आएको हो । मन्त्री गुरुङ ।

 

काठमाडौ : सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले आफू चुनौती सामना गर्न संञ्चार मन्त्रालयको जिम्मेवारीमा आएको बताएको छ ।

सपथ ग्रहण लगातै मन्त्रालयमा बिहीबार पद बहाली गरेपछि कार्यक्रममा मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौतीपूर्ण जिम्मेवारी दिएको बताउँदै आफू मन्त्रालयमा रहँदा इमान्दारितापूर्वक काम गर्ने बताएको छ ।

प्रधानमन्त्रीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट सञ्चार मन्त्रालयको जिम्मेवारी दिएको हो ।

गुरुङले भने मन्त्रालयले एकद्वारबाट सरकारका सूचना सम्प्रेषण गर्ने प्रतिबद्धता गर्नु भएको छ । उहाँले सय दिनभित्र मन्त्रालयका समस्याहरु अध्ययन गरेर योजनाहरु सार्वजनिक गर्ने प्रतिबद्धता गरे ।

मन्त्रालयको कर्मचारी सँग आफ्नो हार्दिक सम्बन्ध रहने बताउँदै उहाँले गलत सल्लाह र सुझाव नदिन पनि आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार