आन्दोलनरत युवाहरुले बिरामी वडा अध्यक्षको गाडी रोक्दा केशबसिंह मडैको बाटोमा बिहीवार दिउँसो मृत्यु ।

 

काठमाडौ : बैतडीको सुर्नयाँ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष केशबसिंह मडैको बिहीवार दिउँसो मृत्यु भएको छ।

अस्पताल जाँदै गर्दा उनी सवार गाडीलाई सुर्नयाँ केन्द्र बिबादमा आन्दोलन गरिरहेका युवाहरुले बाटोमै रोकेका थिए। करिब आधा घण्टा रोकिएका मडैको हृदयघातका कारण ज्यान गएको परिवारका सदस्यले बताए।

सुर्नयाँमा केन्द्र बिबादका कारण बुधवार हिंसात्मक झडप भएको थियो। उक्त झडपमा गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट र प्रहरीसहित १४ जना घाइते भएका थिए।

केन्द्र साबिककै स्थानमा हुनुपर्ने पक्षधर र पबितामा राख्नुपर्ने अर्को पक्षका बीचमा झडप भएको थियो। अध्यक्ष बिष्ट लगायत पक्ष गाउँपालिका केन्द्र पबितामा राख्नुपर्ने अडानमा छ।

अध्यक्ष लगायतका माथि भएको आक्रमणको बिरुद्ध भइरहेको आन्दोलनका सहभागीहरुले वडाध्यक्ष मडैको गाडी रोकेका थिए।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार