लागू औषधका फरार प्रतिवादी पक्राउ ।

 

काठमाडौ : पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ४ बस्ने २७ बर्षिय आशिष परियार पक्राउ परेका छन ।

उनी विरुद्द लागु औषध डाईजापाम शिर्षकमा मुद्दा दर्ता भएको थियो । २०७६।१०।१६ गते उच्च अदालत तुलसीपुर बुटवलको फैसलाले रु.६,४००/- जरिवाना भएको थोयो ।

तर उनो हालसम्म फरार रहेकोमा प्रहरीले खोजतलास गर्ने क्रममा अस्थाई प्रहरी पोष्ट कुश्माबाट खटीएको प्रहरी टोलीले निज आशिष परियारलाई जिल्ला पर्वत कुश्मा नगरपालिका वडा नं. ४ स्थित उनकै घरमा लुकी छुपी बसिरहेको अवस्थामा पक्राउ गरि मिति २०७७।०६।२९ गते आज पर्वत जिल्ला अदालतमा बुझाईएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार